पलेशालाई भव्य स्वागतको तयारी

Published on

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुद इतिहासमा पहिलो पटक पारा ओलम्पिकमा पदक प्राप्त गर्न सफल खेलाडी पलेशा गोवर्धनलाई भव्य स्वागत गर्ने तयारी गरेको छ । फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा सहभागि भएर पलेशा बुधबार बिहान स्वदेश फर्कदै हुनुहुन्छ । राखेपले पलेशासहित पारा टोलीको स्वागतको तयारी गरेको हो । राखेपले पलेशालाई त्रिभुवन विमानस्थलदेखि काठमाडौँ शहर परिक्रमा गराएर राखेप परिसरमा स्वागत गर्न लागेको जनाएको छ ।

पलेशाले के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले हराउँदै काँस्य जित्नुभएको हो । सन् १९६४ को टोकियो ओलम्पिक तथा सन् २००४ को एथेन्स पारा ओलम्पिकदेखि नेपालले सहभागिता जनाउँदै आए पनि पदकविहीन थियो । पेरिस पारा ओलम्पिकमा पलेशाले हात पारेको उपलब्धिले सिङ्गो देशलाई गौरवान्वित बनाएकोले भव्य स्वागतको तयारी गरिएको पनि राखेपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...