चार हजार १२४ जना विद्यार्थीले एसईई दिंदै

Published on

काठमाडौं । स्याङ्जामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार १२४ जना विद्यार्थीले परीक्षा दिने भएका छन् ।

चैत १५ गतेबाट सुरु हुने एसईई परीक्षामा स्याङ्जाबाट साधारणतर्फ नियमित तीन हजार ९०८ जना, प्राविधिकतर्फ १५६ जना, ग्रेड वृद्धितर्फ ६० जना गरी चार हजार १२४ जना परीक्षार्थीले एसईई दिने भएका हुन् । जिल्ला शिक्षा एकाइको कार्यालय स्याङ्जाका शाखा अधिकृत सुरेश सुवेदीले २६ वटा परीक्षा केन्द्र तोकिएको बतााउनुभयो । एक सयभन्दा कम विद्यार्थी हुने आठ वटा केन्द्रलाई यस पटक हटाइएको सुवेदीले बताउनुभयो । यसअघि यहाँ ३४ वटा केन्द्र थिए । परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रअ वा प्रअले खटाएका व्यक्ति नै सम्बन्धित परीक्षा केन्द्रको केन्द्राध्यक्ष हुनेछन् । एसईई परीक्षा नजिकै आउँदा उत्तरपुस्तिका सबै पालिकामा पुर्‍याउने काम तीव्र पारिएको छ ।

११ पालिका रहेको स्याङ्जामा पुतलीबजार नगरपालिका, बिरुवा, हरिनास गाउँपालिकामा उत्तरपुस्तिका पुगिसकेको छ भने अन्य पालिकामा पनि उत्तरपुस्तिका पुर्‍याउने काममा कार्यालय जुटेको छ । भौगोलिक रुपमा टाढा रहेका पालिकामा प्रश्नपत्र र उत्तरपुस्तिका सँगै पठाउने तयारी गरिएको कार्यालयले जनाएको छ । प्रश्नपत्र सम्बन्धित प्रहरी चौकीमा प्रहरीकै निगरानीमा पठाइनेछ । एक परीक्षा केन्द्रमा चार जनाको दरले सुरक्षाकर्मी परिचालित हुने बताइएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...