दुई दिन ‘जोगिरा सररर’

Published on

काठमाडौं । रुपन्देहीका थारू गाउँमा यो वर्षको होलीको तयारी सुरु भएको छ । खास गरी जिल्लाको सैनामैना नगरपालिकाका थारू गाउँमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारू फागु गीतप्रति अभिरुचि जगाउन प्रेरणा दिने गरी होली मनाउन लागिएको थारू कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारूले बताउनुभयो ।

रुपन्देहीका थारू समुदायले यो वर्षको होली पर्व दुई दिन मनाउने भएका छन् । तराईमा खास गरी एकै दिन होली खेलिन्छ तर लोप हुँदै गएको फागु गीत संरक्षण गर्ने उद्देश्यले थारू समुदायले दुई दिन होली खेल्ने भएका हुन् । थारू कल्याणकारी सभा सैनामैनाको आयोजनामा होली मनाउन आयोजना गरिएको बैठकमा यो वर्ष होली पर्व संस्कृति संरक्षण गर्ने उद्देश्यले दुई दिन मनाउने थारू अभियन्ता साहित्यकार केवलप्रसाद थारूले जानकारी दिनुभयो । थारू समुदायले फागुको अवसरमा गाउने ‘जोगिरा सररर’ गीत लोप हुँदै गएको भन्दै संरक्षण गर्ने अभियान अन्तर्गत रुपन्देहीका विभिन्न स्थानमा दुई दिन होली खेलेर मनाउने भएका हुन् । थारू भाषाका कवि बमबहादुर चौधरीले फागु गीत संरक्षण अभियानबाट तराईमा लोप हुँदै गएको ‘जोगिरा सररर’ लगायतका अरू धेरै फागु गीत संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले थारू समुदायले गाउने फागु गीत धेरै रहेको र ती सबै अहिले लोप हुँदै गएको बताउनुभयो ।

थारू भाषाका फागु गीतका लेखक प्रह्लाद थारूले थारू समुदायका गाउँमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारू फागु गीतप्रति अभिरुचि जगाउन प्रेरणा दिने गरी दुईदिने अभियानले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । फागु गीतका अर्का लेखक अयोध्या थारूले खास गरी थारू भाषाका फागु गीत र संस्कृति लोप हुन लागेपछि थारू समुदायले अभियान नै सुरु गरेर फागु संस्कृति संरक्षणको पहल थाल्नुपर्ने धारणा राख्नुभयो । थारू कल्याणकारी सभा सैनामैनाका पूर्वअध्यक्ष रामवली चौधरीले सैनामैनाका सबै थारू समुदायको गाउँमा एकै दिन फागु खेलेर नसकिने भएकाले दुई दिनसम्म फागु गीत गाएर थारू फागु संस्कृति संरक्षण गरिने जानकारी दिनुभयो । थारू संस्कृतिका अभियानकर्मी केवलप्रसाद थारूले बाबुबाजेको पालाका पुराना थारू फागु गीत लोप हुँदै गएपछि यो वर्ष फागु पर्वका अवसरमा संस्कृति संरक्षणको अभियान सुरु गरिने बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...