जातीय र ‘धार्मिक द्वन्द्व हुन नदिनेगरी काम गरौँ’

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले धार्मिक र जातीय द्वन्द्व खतरनाक हुने भएकाले त्यस्तो गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ ।

धनगढीमा अन्तरधार्मिक सदभाव सङ्घ नेपाल रुपन्देहीले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले धार्मिक सहिष्णुतासाथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक हुने बताउनुभयो । उहाँले कुनै धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पश्चिमा देशहरूले इस्लामलाई आतङ्कवादी भनेर बदनाम गरिरहेका छन्, यता कोहीले हिन्दुलाई अतिवादी आरोप लगाउनु गलत हो ।’ प्रदेश प्रमुख मियाले सुदूरपश्चिम धार्मिक रूपमा शान्त भएको बताउँदै सधैँ शान्त राख्न सजग भएर अघि बढ्नु पर्ने बताउनुभयो । प्रदेश प्रमुख मियालाई प्रदेश प्रमुख नियुक्त भएकोमा अन्तरधार्मिक सद्भाव सङ्घका तर्फबाट सम्मान गरिएको छ । सङ्घका उपाध्यक्ष चन्दा थापाले प्रदेश प्रमुख मियाको नेतृत्वमा रुपन्देहीमा केही महिना अघि सो संस्था गठन गरिएको बताउनुभयो ।

उहाँका अनुसार सो संस्थामा नेपालमा रहेका सबै धर्मका अगुवा सम्मिलित छन् । सो संस्था देशभर धार्मिक द्वन्द्व हुन नदिने गरी काम गर्न स्थापना भएको पनि उहाँले बताउनुभयो । रुपन्देहीका शोभाकर पौडेल, सुरेश थापा, गणेश धमिरेलगायतले प्रदेश प्रमुख मियाको नियुक्तिका लागि बधाई र कार्यकालको सफलताको शुभकामना दिनुभयो । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...