अतिथि सेवागृह सुर्खेत झर्नेलाई

Published on

काठमाडौं । वीरेन्द्रनगरमा नागरिक अतिथि सेवागृह निर्माण थालिएको छ । दुर्गमका नागरिक उपचार र अन्य कामका लागि वीरेन्द्रनगर आउँदा बस्न सहजत गराउन अतिथि सेवागृह निर्माण गर्न लागिएको हो ।

भौगोलिक विकटताले सरकारी, स्वास्थ्य उपचारलगायत सेवा लिन प्रदेश राजधानी सुर्खेत झर्नुपर्ने हुन्छ । यही समस्यालाई ध्यानमा राखी प्रदेश सरकारले वीरेन्द्रनगरमा नागरिक अतिथि सेवागृह निर्माण सुरु गरेको बताइन्छ । वीरेन्द्रनगरमा ठुलो क्षमताको नागरिक अतिथि सेवागृह निर्माणको काम थालिएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–६ स्थित राममन्दिरपरिसरमा उक्त भवन निर्माण भइरहेको निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९र८० मा प्रदेशको सामाजिक विकास मन्त्रालयले शिक्षा विकास निर्देशनालयमार्फत कार्यान्वयन गर्ने गरी भवन निर्माणको काम अघि बढाएको हो ।

राजधानीमा आउने दुर्गमका नागरिकलाई सस्तो र सहज रूपले बास दिने गरी ‘नागरिक अतिथि सेवागृह’ निर्माण थालिएको हो । उक्त सेवागृहमा मुख्य गरी उपचारका लागि दुर्गम जिल्लाबाट आएका बिरामी र अन्य नागरिकले सस्तो दरमा बास बस्न पाउने छन् । भवन निर्माणका लागि २०७९ चैत ३ गते ठेक्का सम्झौता गरी काम अघि बढाइएको थियो । निर्देशनालयका इन्जिनियर हिमाल रावतका अनुसार दुई करोड रुपियाँको लागतमा २०८० असार १५ सम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । अहिले ६ महिनाको म्याद थप गरेर भवन निर्माण भइरहेको छ । भवन निर्माणको करिब ७० प्रतिशत काम सकिएको जनाइएको छ । भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको हो । नगरपालिकाले डिपिआर निर्माणका लागि ११ लाख ७९ हजार रुपियाँ खर्चिएको उपप्रमुख नीलकण्ठ खनालले जानकारी दिनुभयो । एउटा कोठामा चार जना बस्न मिल्ने गरी १७ कोठे भवन निर्माण थालिएको हो । अतिथि सेवागृहमा एउटा सुविधासम्पन्न सभा हल पनि निर्माण गरिने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

भौगोलिक विकटता, यातायातको सहज पहुँच नहुनु र गाउँमै भरपर्दो उपचार सेवा नभएकै कारण हुम्ला, डोल्पा, मुगु, कालीकोट र जुम्लाका नागरिक वीरेन्द्रनगर आउने गरेका छन् । यसका लागि उनीहरूले समय र पैसा दुवै खर्चिनुपर्ने अवस्था छ । जेनतेन प्रदेश राजधानी झरे पनि उनीहरूको वीरेन्द्रनगर बसाइ महँगो छ तर आर्थिक रूपमा विपन्न नागरिकलाई वीरेन्द्रनगरमा बस्न र औषधी उपचार गर्नै मुस्किल हुन्छ । प्रदेश सरकारले राजधानीमा आउने दुर्गमका नागरिकलाई सस्तो र सहज रूपले बास दिने गरी ‘नागरिक अतिथि सेवागृह’ निर्माण थालेको हो । गृहमा सशुल्क र निःशुल्क आवास सुविधा दिने व्यवस्था गरिने जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

पृथ्वीराजमार्ग विस्तार : मौरीबासमा कालोपत्र भएसँगै यात्रा सहज

काठमाडौं । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक स्तरोन्नतिअन्तर्गत पश्चिम खण्डमा भौतिक प्रगतिले उल्लेख्य फड्को मारेको छ...

पुस्तौदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बाबासी

काठमाडौं । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका...

अवैध रूपमा सामुदायिक वनको माटो बिक्री

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले...

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

काठमाडौं । यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा...