राम्चेवासीले पाए खानेपानी

Published on

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९, राम्चेमा दुई करोड रुपियाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ । उक्त खानेपानी आयोजनाबाट १७० घरधुरी खानेपानी सुविधाबाट लाभान्वित भएका छन् । खानेपानी तथा स्रोत परिचालन व्यवस्थापन समितिका सचिव उद्धवबहादुर तिवारीले बाह्रबिसे नगरपालिकाको सात लाख रुपियाँ र बाँकी खानेपानी तथा ढल विकास कार्यालयको लगानीमा खानेपानी आयोजना सम्पन्न भएको बताउनुभयो । एक लाख ४० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर बाह्रबिसे नगरपालिका वडा नं। ९ सहित बाह्रबिसे बजार क्षेत्रका अधिकांश घरमा खानेपानी पु(याइएको छ ।

भूकम्प र त्यसपछिको परकम्पनले जताततै पानीको मुहान सुकेपछि स्थानीयवासी पानी खोज्दै हिँड्नुपर्ने बाध्यता थियो । भोटेकोशी खोलाको पानी पिउनयोग्य नभएपछि स्थानीय समस्यामा थिए । बाह्रबिसेको शिर पात्लेसिम मुहानबाट पानी ल्याएर दुई किलोमिटर तल ट्याङ्कीलगयातका संरचना बनाइएको छ । पानीकै अभावले खेतीयोग्य जमिनमा खेती हुन नसकेको र खानेपानी पाउनै समस्या भएको बाह्रबिसे नगरपालिका–९, जैसीगाउँकी पदममाया तिमल्सिनाले बताउनुभयो । वडा सदस्यसमेत रहनुभएकी तिमल्सिनाले पानीको अभावले विशेष गरी महिलालाई प्रभावित भएको बताउनुभयो । खानेपानी आयोजनाका अध्यक्ष पहलबहादुर तिमल्सिनाले योजना सम्पन्न भएपछि आफ्नो खेतबारीमा हरियाली फर्किएको बताउनुभयो । “खानेपानी किनेर खानुपर्ने समस्या अबबाट अन्त्य भएको छ, अब पहिले झैँ पानीकै लागि धाउन पर्ने छैन,” उहा“ले भन्नुभयो । खानेपानी ट्याङ्की, कार्यालय भवन निर्माण र बाटोका लागि ११ आना जग्गादान गर्ने स्थानीय पहलबहादुर तिमल्सिना, अर्जुनबहादुर तिमल्सिना, पदमबहादुर तिमल्सिना, अम्मरबहादुर तिमल्सिना र लक्ष्मी तिमल्सिनालाई समितिले सम्मान गरेको छ ।

घर घरमा पानी नारामै सीमित

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४, डँडुवाका दलित समुदायमा पानी ल्याउन ट्याङ्की निर्माण भएको चार वर्ष बिते पनि अहिलेसम्म उनीहरूको घरआँगनमा खानेपानी आइपुगेको छैन । यस गाउँमा पानी नआएपछि घर घरमा पानी पु(याउने सरकारी नारा नारामै सीमित बनेको छ । बस्तीमा वर्षांैदेखि खानेपानी अभावमा स्थानीयको दैनिक जनजीवन कष्टकरसँगै पानीको अभावमा सरसफाइमा कमी हुँदा स्थानीय बासिन्दामा विभिन्न रोगसमेत देखा पर्न थालेको छ । घरनजिकै खानेपानीको ट्याङ्की छ तर पानी नहुँदा ट्याङ्की हुनु र नहुनुको फरक महसुस नभएको स्थानीय ४५ वर्षीया रूपा सार्कीको भनाइ छ । यस्तै अर्की गृहिणी गीता बिसुङ्खेले घरभन्दा एक घण्टा बढीको समय लगाएर ठाँटी र जुकेपँधेरोबाट पानी ल्याउनु परेको पीडा सुनाउनुभयो । त्यसरी ल्याएको पानीले घरधन्दा र चौपायालाई खुवाउनसमेत नपुग्ने उहाँको गुनासो छ । उक्त बस्तीमा रहेको ढुङ्गेधारा र कुवाबाट दुई गाग्री र एक जर्किनमा मात्रै पानी ल्याउनुपर्ने अवस्था छ । स्थानीय सबैले सोही ठाँटी र जुकेपँधेरोबाट पानी लैजान पर्ने भएकाले एक व्यक्तिलाई एक गाग्री र एक जर्किन पानी भागमा पर्ने गरेको छ ।

नगरपालिकाले पाइपबाट वितरण गरेको पानी सो बस्तीमा नपुगेकाले सरकारको घर घरमा पानी पु(याउने नाराले सरकारलाई नै गिज्याइरहेको छ । स्थानीय झम्क सार्कीले बर्खायाममा आकाशबाट परेको पानी र ठाडोखोला, पँधेरोबाट बोकेर ल्याएको पानी हिउँदका लागि ड्रममा हालेर राख्ने गरेको सुनाउनुभयो । “घरमाथि ट्याङ्की छ तर पानी कहिल्यै आउँदैन,” झम्कले पीडा व्यक्त गर्नुभयो । हाँडीखोला बान्द्रे खानेपानी उपभोक्ता समितिले डँडुवामा तीन वटा ट्याङ्की निर्माण गरेको चार वर्षभन्दा बढी समय भइसक्दासमेत नगरपालिकाले बेवास्ता गर्दा पानी आएको छैन । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले डँडुवा बस्तीका दलित र गैरदलित सबै समुदायका घरआँगनमा पानी पु(याउने नगरको योजना छिटै पूरा हुने बताउनुभयो ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...