खोलामा बेपत्ता कार्की मृत फेला

Published on

काठमाडौं । गुल्मीमा गत शनिबार खोलाले बगाएर बेपत्ता बनाएका युवा मृत फेला पर्नुभएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा –२ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता हुनुभएको थियो ।

कार्की मुसिकोटस्थित छल्दी खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो । शवको स्थलगत मुचुल्का तयार गरिएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । कार्की गत शनिबार बेलुकी इस्मा गाउँपालिका –१ निस्ती खेतबाट फर्किएर खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका वडा –१ अरेवा घर भएका कार्की हाल वडा नम्वर –२ निस्ती मामाघरमा बस्दैआएको स्थानीयले बताएका छन् । कार्की ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...