९.७ मेगावाटको इङवा जलविद्युत राष्ट्रिय प्रसारण लाइनमा

Published on

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिबाररदेखि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ ।

पाचँथर तथा ताप्लेजुुङ् जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसनलाइनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाँउपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जडान गरिएको छ । २०७८ साल साउन २३ गतेबाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनि गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पूरा गरेको हो। यो आयोजना निर्माण सम्पन्न गर्नका लागि एक सय ९४ करोड रुपियाँ लागत लागेको छ । जसमध्ये संथापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र वाँकी ७० प्रतिशत नविल वैंक लिमिटेडको एकल लगानीबाट सम्पन्न गरिएको छ । यो आयोजना याँङवारक गाँउपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ ।

यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४।५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावरहाउसमा पानि खसालि विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावरहाउसको काम लटिनाथ कन्सट्रसन कम्पनी प्रालि र इन्टेक तथा पाईप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो । यसको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो । यस आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरु यूरोपियन प्रविधिको छनोट गरी जेपट हाईड्रो अस्ट्रियाबाट खरिद गरिएको कम्पनीका कार्यकारी संचालकसतिस न्यौपानेले जानकारी दिनुभयो ।

जेपट हाईड्रो अस्ट्रियावाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनबाट आयात गरिएको जेनेरेटर राखिएको छ । कन्ट्रोल रुममा राखिएका प्यानलवोर्डहरु क्रोएसीयाको प्रो–इन्ट्रीगिस कम्पनीबाट आयात गरिएको समेत न्यौपानेले बताउनुभयो । यस कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको वहुमत शेयर लगानी रहेको छ । गुरुप्रसाद न्यौपानेको अगुवाईमा प्रवद्र्धन गरिएका न्यौपाने समूहको अगुवाईमा रहेका आयोजनाको संख्या १६ पुगेका छन् । यो उत्पादित विद्युत अमरपुर सवस्टेशनमा जडान गरी आरपुर–दमक १३२ केभि ट्रान्समिसनलाइनमार्फत नेपालभर आपूर्ति भएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...