भेडापालन कुकुरकै भरमा

Published on

काठमाडौं । मुगु जिल्लाका हिमाली क्षेत्रहरूमा भने कुकुरकै भरमा भेडाबाख्रा सुरक्षाको पूरै जिम्मा दिइन्छ । हिमाली भेगका स्थानीय र भोटेजातका कुकुर जङ्गली जनावर स्याल, भालु, चितुवालगायतका जनावरसँग पनि डराउँदैन ।

कुकुरले भेडालाई दिनभर चरन क्षेत्रमा र रातमा गोठमा हेरचाह गर्दछ । कुकुर भएपछि भेडीगोठालाहरु दिनमा र रातिमा ढुक्कसँग बस्ने गर्दछन् । छायाँनाथ रारा नगरपालिका वडा नं ६ को केशिनाथ सहकारीका सदस्य वीरबहादुर ऐडीका अनुसार कुकुर हामी भेडापालक कृषकका लागि सारथि बनाएको छ भेडा हेर्ने जिम्मा कुकुरकै छ, चरन क्षेत्रमा एकजना गोठालो गएपुग्छ । उहाँले भन्नुभयो, ‘‘वन्यजन्तुको आक्रमणबाट र भेडा चोरी सिकारी बाट बचाउनुका साथै साँझ परेपछि गोठसम्म ल्याइपुर्‍याउने काम पनि कुकुरहरूले नै गर्दछन् ।’’ सहकारीका एकसय ७० भेडाबाख्रा वन्यजन्तु बाट बजाउनका लागि दुईवटा भोटे कुकुर छन् । उक्त हेरालु कुकुरलाई ४० हजार रुपियाँमा खरिद गरेर ल्याएको उहाँले बताउनुभयो ।

भेडाको गोठ जङ्गलको बिचमा हुनेभएकाले भेडाबाख्राको सारथि कुकुर नै भएको ऐडीले बताउनुभयो । कुकुर भएपछि राति ढुक्कले निदाउन पाइन्छ ऐडीले भन्नुभयो, ‘‘यहाँ स्याल र वन्यजन्तु गोठमा आए कुकुरले लखेटछन् ।’’ जङ्गली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर भएको स्थानीय भेडापालक किसानहरू बताउँछन् । कुकुरले जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर स्याल, भालु र चितुवा जस्ता जनावरको चाल थाहा पाएपछि भुकेर गोठालोहरूलाई सङ्केत गर्ने काम कुकुरले गर्दछ । गोठमा कुकुर नहुँदा स्याल र जङ्गली जनावरले वर्षमा ३० वटा भेडाबाख्रा मारेको थियो । केसीनाथ कृषि सहकारी अध्यक्ष भुमल बोहराले भन्नुभयो । कुकुरकै कारण भेडाबाख्राको दैनिकी सहज र सुरक्षित भएको उहाँ बताउँछन् । गोठको सुरक्षाका लागि बसेको कुकुरले नचिनेको मानिस र जङ्गली जनावरको आक्रमणलाई कुकुरले रोक्छ ।

एउटा कुकुरको मूल्य १५ हजारदेखि २० हजारसम्म पर्ने भेडापालक किसानहरू बताउँछन् । जङ्गली जनावरबाट भेडालाई बचाउन गोठमा कुकुर अनिवार्य हुनुपर्ने बोहरा बताउनुहुन्छ । ‘‘हामी भेडा जाने सबै ठाउँमा पुग्न सकिँदैन,जान नसकेको ठाउँमा कुकुर पुग्छन् । दिनभर भेडासँगै जान्छन् र राती आएर भेडालाई सुरक्षा दिन्छन्,’’ उहाँले भन्नुभयो । गोरखापत्र

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...