अर्काे गठबन्धन निर्माण हुने अवस्था छैन

Published on

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ गठबन्धन निर्माण भएसँगै मुलुकमा नयाँ खालको राजनीतिक समीकरण प्रारम्भ भएको बताउनुभएको छ ।

उहाँले अहिलेको सत्ता गठबन्धनलाई देश बनाउने सपनालाई साकार पार्ने महत्वपूर्ण कामको थालनी भएको र यसलाई जोगाएर अगाडि बड्नु सत्ता साझेदार दलको अहिलेको आवश्यकता भएको बताउनुभयो । प्रेस चौतारी नेपाल उदयपुर शाखाले मङ्गलबार गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो।

नेकपा (एमाले) उदयपुरको (औं जिल्ला अधिवेशनको उद्घाटनका लागि यहाँ आइपुग्नु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले आर्थिक विकास र समृद्धिको अभियान बिचैमा अलपत्र भएको अवस्थामा अहिलेको सरकार निर्माण गरिएकोले अब देशले राजनीतिक निकास पाउने र विकासले फड्को मार्ने बताउनुभयो । यो कुनै वाम गठबन्धन वा समाजवादी मोर्चा गठन नभएर सरकार निर्माणका लागि मात्र विभिन्न शक्तिबिच गठबन्धन भएको स्पष्ट पार्नुहुँदै नेता पोखरेलले २०८४ सालमा हुने आम निर्वाचनमा नेकपा (एमाले) कुनै दलसँगको गठबन्धन नगरी एक्लै चुनावी मैदानमा जाने र बहुमत ल्याएर एकमना सरकार बनाउने गरी अहिले मिसन २०८४ को लागि आप्नो सङ्गठन सुदृढिकरण अभियानमा होमिएको बताउनुभयो । एउटा गठबन्धन टुटेर अर्को बनेको अहिलेको यो परिस्थितिमा अहिले नै अर्को गठबन्धन निर्माण हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...