न्युरो सेवा प्रभावित डाक्टर नहुँदा

Published on

काठमाडौं । चिकित्सक नहुँदा कर्णाली प्रदेश अस्पतालको न्युरो सेवा प्रभावित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि अस्पतालको न्युरो (नसासम्बन्धी) सेवा प्रभावित भएको हो ।

विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा।निलम खड्का काजमा ट्रमा अस्पताल काठमाडौँ फर्किनुभएको छ । कर्णाली प्रदेश अस्पतालका लागि मन्त्रालयले पठाएको चिकित्सक अहिलेसम्म हाजिर भएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले २०८० भदौ १७ गते न्यूरोलोजिस्ट डा।ओमविक्रम शाह, डा।प्रभात झा, डा।सुतप यादव र डा।चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो । जसमध्ये पहिलो ६ महिना डा।प्रभात र डा।चित्रराज प्रदेश अस्पतालमा हाजिर भएर गइसक्नुभएको छ । अहिले प्रभात नारायणी अस्पताल पर्सामा हुनुहुन्छ भने चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत रहनुभएको छ ।

त्यस्तै पहिलो ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर हुनुभएका डाक्टरद्वय ओमविक्रम र सुतप हालसम्म पनि प्रदेश अस्पताल सुर्खेतमा हाजिर हुनुभएको छैन । जसका कारण अस्पतालको न्युरो सेवा प्रभावित भएको अस्पतालमा निर्देशक डा।डम्बर खड्काले बताउनुभयो । ‘‘मन्त्रालयको शाखाले पठाएको पत्रअनुसार उहाँहरू फागुन १७ गतेभित्र प्रदेश अस्पतालमा हाजिर हुनुपर्ने थियो । तर, हालसम्म पनि हाजिर हुन आउनुभएको छैन,’’ डा।खड्काले भन्नुभयो । डा। खड्काका अनुसार दैनिक २५ जना ओपिडी र तीन जनाको सङ्ख्यामा सघन अप्रेसन गर्नुपर्ने हुन्छ । दैनिक हुने सडक दुर्घटना र अन्य न्युरोको उपचार गर्न समेत बाहिर पठाउनुपर्ने बाध्यता छ ।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...