४६ बालबन्दीले दिए बाँकेबाट एसइई परीक्षा

Published on

काठमाडौं । विहिबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दीहरु सहभागी भएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबन्दीहरु यस पटकको एसइईमा सहभागी भएका हन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरलका अनुसार डुडुवाको जयन्दु बाल सुधारगृहबाट ३४ जना र नौबस्ता बाल सुधारगृहबाट १२ जना बालबन्दी गरेर ४६ जना परीक्षामा सहभागी भएका छन् । सोही प्रकारले नेपालगन्जस्थित बाँके कारगारबाट पनि एक कैदी बन्दीले समेत एसइई दिईरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो। उहाँले बाँकेमा पहिलो दिनको परीक्षा निकै शान्तीपुर्ण र मर्यादित तरिकाले भएको जनाउँदै परीक्षालाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको कडा प्रबन्ध मिलाउनुका साथै अनुगमन र निरिक्षण पनि निरन्तर गरिएको बताउनुभयो ।

परीक्षालाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षाकर्मीको रोहबरमा मात्र प्रश्न पत्र खोलिएको र परीक्षा अवधी भर विद्यार्थि र निरिक्षक दुबैलाई परीक्षास्थलमा मोबाइल प्रयोग गर्न नदिने व्यवस्था मिलाईएको प्रजिअ पोखरेलले बताउनुभयो । बाँके जिल्लामा ३४ वटा परीक्षा केन्द्रमार्फत नौ हजार २९३ जना परीक्षार्थिहरु परीक्षामा सहभागि भएको जनाइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...