मन्त्री स्तरीय वार्ता सम्पन्न भूतपूर्व गोरखा सैनिकको माग सम्बोधन बारे

Published on

काठमाडौं । गोरखा भूतपूर्व सैनिकहरूको माग सम्बोधनका विषयमा नेपाल तथा संयुक्त अधिराज्य(बेलायत) सरकारबिच लन्डनमा बुधवार मन्त्री स्तरीय वार्ता सम्पन्न भएको छ । भूतपूर्व गोरखाका मागका विषयमा गठित द्विपक्षीय समितिको बेलायतको रक्षा मन्त्रालयमा सम्पन्न चौथो बैठक पेन्सनका विषयमा केन्द्रित भएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलको समीक्षा गर्दै पेन्सनका विषयमा विस्तृत छलफल भएको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनु भयो । नेपालको तर्फबाट नेतृत्व गर्नु भएका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द आचार्यले भूपू गोर्खाहरूको मुख्य समान पेन्सनको मागलाई पुष्टि गर्ने विभिन्न प्रमाणहरू पेस गर्दै बेलायती सरकारले यसअघि पनि गोर्खाको हितका लागि विभिन्न समयमा गरेका सकारात्मक निर्णयलाई समेत आधार मान्नु पर्नेमा जोड दिनु भएको थियो । उहाँले नेपाल र बेलायतबबीच रहेको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधा स्तम्भको रूपमा रहेका भूपू गोर्खाका बाँकी मागहरू मुख्यतया पेन्सनका विषयमा दीर्घकालीन समाधानका लागि अनुरोध गर्नुभएको थियो।

बैठकमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख गणेश पसाद ढकालले भूपू गोर्खाको माग सम्बोधनको विषयलाई नेपाल सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको बताउनु भयो । भूपू गोर्खाहरूको तर्फबाट सहभागी मेजर जुद्धबहादुर गुरुङ, मेजर टिश्केन्द्र दल देवान, कृष्ण बहादुर राई, धर्मबहादुर तामाङ, केशबहादुर गुरुङ तथा ज्ञानराज राईले समान पेन्सनका विषयमा विभिन्न उदाहरणहरू सहित आफ्ना तर्कहरू राख्नु भएको थियो । बेलायती पक्षको नेतृत्व गर्नु भएका बेलायतका रक्षा राज्यमन्त्री एन्ड्रिउ मुरिसनले नेपाल र बेलायतबिचको ऐतिहासिक एवम् घनिष्ठ सम्बन्धको बारेमा उल्लेख गर्दै भूपू गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको योगदानको कदर गर्ने कुरा व्यक्त गर्नुभएको थियो। उहाँले पेन्सनको विषयमा यथोचित समाधानका लागि गर्न सकिने सम्भावना बारे प्रस्ताव गर्न र त्यस विषयमा आगामी बैठकमा छलफल गर्न तयार रहेको जानकारी गराउनु भयो। वार्तामा सहभागी गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का उपसभापति धर्मबहादुर तामाङले वार्ता पेन्सनमा केन्द्रित रहेको बताउँदै जानकारी दिनु भयो । वार्तामा नेपाल सरकारको तर्फबाट राजदूत आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव ढकाल, उपनियोग प्रमुख खनाल, सैनिक सहचारी अनुप शाह, गोरखाहरूका तर्फबाट मेजर गुरुङ,मेजर देवान, गेसोका उपसभापति तामाङलगायत सहभागी हुनु हुन्थ्यो ।

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...