विद्यार्थीले एसइई हिरासतबाटै दिए

Published on

काठमाडौं । सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक किशोरले प्रहरी कार्यालयबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् ।

आत्महत्या दुरुत्साहन मुद्दामा दुई सातादेखि हरिवन प्रहरीको हिरासतमा रहेका हरिवन नगरपािलका(९, स्थित ज्ञानज्योति आवासिय विद्यालयका एक प्रशिक्षार्थीले प्रहरी कार्यालयबाटै एसइई दिएका हुन् । ज्ञानज्योतिको परीक्षा केन्द्र श्री ५ महिन्द्र जनता माध्यमिक विद्यालय बागमती नगरपालिका–११, कर्मैयामा तोकिएको छ । परीक्षा केन्द्रसँग समन्वय गरी प्रहरी कार्यालयमा नै कोठा व्यवस्थापन गरी ती किशोरलाई परीक्षा दिने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । प्रहरी निरिक्षक गिरीका अनुसार ती किशोर आमाको मृत्युपछि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । यही मुद्दामा किशोरका बुवा समेत प्रहरी हिरासतमै रहेका हरिवन प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...