विद्यार्थीले एसइई हिरासतबाटै दिए

Published on

काठमाडौं । सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक किशोरले प्रहरी कार्यालयबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् ।

आत्महत्या दुरुत्साहन मुद्दामा दुई सातादेखि हरिवन प्रहरीको हिरासतमा रहेका हरिवन नगरपािलका(९, स्थित ज्ञानज्योति आवासिय विद्यालयका एक प्रशिक्षार्थीले प्रहरी कार्यालयबाटै एसइई दिएका हुन् । ज्ञानज्योतिको परीक्षा केन्द्र श्री ५ महिन्द्र जनता माध्यमिक विद्यालय बागमती नगरपालिका–११, कर्मैयामा तोकिएको छ । परीक्षा केन्द्रसँग समन्वय गरी प्रहरी कार्यालयमा नै कोठा व्यवस्थापन गरी ती किशोरलाई परीक्षा दिने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । प्रहरी निरिक्षक गिरीका अनुसार ती किशोर आमाको मृत्युपछि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । यही मुद्दामा किशोरका बुवा समेत प्रहरी हिरासतमै रहेका हरिवन प्रहरीले जनाएको छ । गोरखापत्र

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...