सेनाले पद यात्रा गर्ने गोरखा जितगढी

Published on

काठमाडौं । नेपाली सेनाले चैत २७ गतेबाट दोस्रो ऐतिहासिक गोरखा(जितगढी एकीकरण पदयात्रा सुरु गर्ने भएको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ गोरखा(जितगढी एकीकरण पदयात्रा सुरु गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताउनुभयो ।

गोरखा(जितगढी यात्रामा नेपाली सेनाको अधिकृतको कमाण्डमा ४८ जना सेना सहभागी हुनेछन् । पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेको ५ पल्टन कालीबक्स, सबुज, श्रीनाथ, बर्दबाणी र पुरानो गोरख र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका टोली सहभागी हुन्छन्, ‘उहाँले भन्नुभयो, आ(आफ्नो पल्टनको झण्डासहित यात्रामा निस्कन्छन् ।’ गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढी पुगेर विजय उत्सवमा सहभागी हुन्छन् । रिपुमर्दन गणका गणपति क्षेत्रीका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबिच भएको लडाइमा विजय प्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सको रूपमा मनाउँदै आएको छ ।

सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा सुरु गर्न लागिएको बताइएको छ । चैत २७ गते औपचारिक कार्यक्रम गरी गोरखा दरबारबाट पदयात्रा सुरु हुने गणपति क्षेत्रीले बताउनुभयो । नेपाली सेनाले ११ दिनको दिनमा जितगढीसम्मको दुई सय सात किलोमिटर दुरी पार गर्ने उहाँले जानकारी दिनुभयो । यो यात्राले गोरखादेखि जितगढसम्म पर्यटन प्रबन्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । गोरखाको पर्यटन प्रवर्द्धनमा एकीकरण पदयात्राले समग्र गोरखालाई फाइदा हुने भएकाले स्थानीय तहहरूले सहजीकरण गरेको गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले जानकारी दिनुभयो । यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितमा बिदाइ गरिने भएको छ । गोरखा(जितगढी यात्रालाई सफल बनाउन गोरखामा रहेका ११ वटै स्थानीय तहहरूसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको रिपुमर्दन गण गोरखाले जनाएको छ । गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ पाल्पा हुँदै जितगढी पुगेर समापन हुने रिपुमर्दन गणका गणपति क्षेत्रीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...