ओत संरक्षणान जुट्दै कर्णली नदीमा आश्रीत समुदाय

Published on

काठमाडौं । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ की पार्वती थारुको घर वरीपरि रहेको दुईकट्टा जमिन यतीखेर लौका, काक्रा, करेलालगायत तरकारी फुलेर लटरम्म फल्दै गरेको देखिन्छ ।

तरकारी खेती गर्नुपूव अधिकांस समय कर्णाली नदीमा माछामारेर विताउने पार्वती तरकारी खेतीतर्फ लागेपछि माछामार्न छोडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला माछा धेरै मार्न जान्थे, ओदको बारेमा तालिमबाट थाहा पाए, ओतको आहारा माछा रहेछ, तरकारी खेती तर्फ लागेपछि माछा मार्ने फूर्सदनै भएन, अब तरकारी खेतीलाई निरन्तर अगाडी बढाउछु ।” सोही ठेगानाका अर्का दुखुनी थारुको दैनिकी स्थानीय स्रोत साधनबाट ढकीया,हड्केस, चिसा चकटी बनाउनमै वित्छ । अधिकांस समय माछामार्न कर्णाली नदीमा विताउने दुखुनीले हस्तकला बाट सामान बनाएर विक्री गर्न थालेपछि आम्दानीपनि हुन थालेको छ । दुखुनी भन्नुहुन्छ, “१५ दिनको तालिमबाट पहिला देखि सिकेको सिपलाई विभिन्न डिजाईन बनाउन सिके, हड्केसको र चिया चकटीको राम्रो माग छ, एउटा हड्केस चारसयमा विक्री हुन्छ ।” दुखुनीले अगाडी थप्नुभयो “पहिला हप्तामा पाँजदिन माछा मार्न जान्थे, माछा खाने, खाएर बचेको बेच्ने गरिन्थ्यो, अहिले हस्तकला सामान बनाउन थालेपछि माछा मार्ने फुर्सदै हुदैन ।” यता गेरुवा गाउँपालिका वडा नम्बर २ का भागीराम थारुको पुर्खेउली पेशा कर्णाली नदीमा बालुवा छानेर सुन निकाल्ने र माछा मार्ने हो ।

पछिल्लो समय उहाँ सामुदायिक नदी सहव्यवस्थापन समुहमा आवद्ध भई कर्णाली नदीको अनुगमनमा खटिनु भएको छ । पाँचजनाको समुहमा कर्णाली नदीमा भेटीनु भएका भागीरामले ओदको महत्व बुझेपछि कर्णाली नदी सरसफाई र ओत रेखदेखमा कर्णाली नदी अनुगमनमा आएको बताउनुभयो । भागीरामले भन्नुभयो“ ओतले मानिसलाई हानी गर्दैन, उसलाईपनि बाँच्न दिनुपर्यो, आफूपनि बाँच्नु पर्यो । ” हातमा छाता दुरविन बोकेको उहाँको समुहमा २५ जना सदस्य हुनुहुन्छ । आलोपालो गरेर नदी अनुगमन गर्ने गरेको समुहुका अर्का सदस्य कोपीला थारुले बताउनुभयो । आई।यु।सि।एनको रातो सूचीमा रहेको ओत ९थारु भाषामा उदुवा० संरक्षणका लागि कर्णाली नदीका आसपासका स्थानीयको जिविकोपार्जन शैली फेरिदैछ । कैलाली र बर्दिया जिल्लाका कर्णाली नदी आसपासका टिकापुर, राजापुर,लम्कीचुहा,भजनी नगरपालिका र जानकी, गेरुवा गाउँपालिकाका कर्णाली नदीमा आश्रित ३७५ घरपरिवार पछिल्लो समय विभिन्न समुहमा आवद्ध भएर तरकारी खेती, हस्तकला उत्पादन र व्यवसाय सञ्चालनमा जोडिएका हुन् ।

सन् २०२४ देखि “कर्णाली नदीमा ओत ९उदुवा० संरक्षणका लागि समुदायको जिविको पार्जन तथा अभिभाकत्व सवलिकरण परियोजना” समुदायस्तरमा सञ्चालन भैरहेको छ । उक्त परियोजनाले नदीमा आश्रीत समुदायको जिविकोपार्जनमा सहयोगी भूमिका खेल्ने गेरुवा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष कर्मप्रसाद चाधरीले बताउनुभयो । सन् २०२६ सम्म नदीमा आश्रीत सोनाहा, थारु समुदायलाई परिवर्तनको सिदान्तमा जोड दिदै क्षमता अभिवृद्धिको साथै जिविकोपार्जनमा विश्व वन्यजन्तु कोष र नेपाल सरकारको सहयोगमा सोनाहा विकास समाज, मुक्त कमैया महिला विकास मञ्च, डल्फिन संरक्षण केन्द्रले ओत संरक्षणका लागि समुदायस्तरमा काम गर्न थालेको जनाइएकोे छ । विश्व वन्यजन्तु कोषका प्रतिनिधि आशिष कपालीले विश्वमा १३ प्रजाती, एसियामा पाँच प्रजाती र नेपालमा तीन प्रजातीको ओद रहेको जानकारी दिनुभयो । नेपालमा खैरो र कालो ओत पाईने भएपनि कर्णाली नदीमा खैरो ओत पाईने गरेको जनाउदै कपालीले परियोजनाको मुख्य उद्धेश्य ओत संरक्षण रहेको बताउनुभयो ।

उहाँले ओत स्तनधारी मांशहारी प्राणी रहेको र माछा भएको ठाउँमा ओतको बासस्थान भएकोले ओतको संरक्षणका लागि उसको आहारामा कमि हुन नदिन नदीमा आश्रीत समुदायको अन्य जिविकोपार्जनमा जोड दिएको बताउनुभयो । संरक्षणकर्मि विजय श्रेष्ठले पारिस्थितिकीय प्रणालीलाई सन्तुलनमा राख्न ओतको संरक्षणकालागि कर्णाली नदीमा माछामार्ने कार्य, नदीजन्य पर्दाथ उत्खनन्, फोहर व्यवस्थापन चुनौती रहेको बताउनुभयो । ओतको संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको पूर्वि भंगालो गेरुवा नदी र पश्चिम भंगालो कर्णाली नदीमा आश्रीत सोनाहा र थारु समुदायलाई १५ वटा समुह बनाई ओतको संरक्षणका विषयमा सचेतना जगाउनुका साथै क्षमता अभिवृद्धी, आयआर्जनका तालिम दिई जिविकोपार्जनमा सहयोग गरेको सोनाहा विकास मञ्चका कार्यक्रम निर्देशक रत्न के।सी।ले जानकारी दिनुभयो । त्यसक्षेत्रमा करिब १२ सय भन्दा बढी संख्यामा सोनाहा समुदायको बसोबास रहेको जनाइएको छ ।पश्चिममा कर्णाली करिडोर र पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई ओतको पारिस्थितिकय करिडोरको रुपमा रहेको विश्व वन्यजन्तु कोषले जनाएको छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...