ओखलढुङ्गामा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण

Published on

काठमाडौं । ओखलढुङ्गाको केत्तुकेमा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गरिएको हो ।

पर्यटन प्रवर्द्धनका लागि अग्लो बुद्धको मूर्ति यहाँ निर्माण गरिएको वडा अध्यक्ष विष्णु तामाङले बताउनुभयो । मानेभञ्ज्याङ गाउँपालिकाको करिब ३० लाख लगानीमा उक्त मूर्ति निर्माण गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने केत्तुके बजारमा पर्यटन प्रवर्द्धनका लागि बुद्धको मूर्ति सँगै अन्य पर्यटकीय पूर्वाधारहरू निर्माण गरिएका छन् । सोही स्थानमा गुम्बा, बुद्धको मूर्ति पार्क, बौद्ध डाँडामा सहिद स्मृति पार्क लगायतका पर्यटकीय पूर्वाधारहरू निर्माण गरिएका हुन् । यसका साथै पछिल्लो समय केत्तुके बजार जिल्लाकै मौलिक बजारका रूपमा विकसित भइरहेको वडा अध्यक्ष तामाङको भनाई छ । स्थानीय उत्पादनहरू दाल, तरकारी, फलफूल लगायतका खाद्य सामाग्रीहरू विशेष गरी बिक्रीका लागि राख्ने गरिएको पाइन्छ । ओखलढुङ्गा र सोलुखुम्बु आऊ जाऊ गर्ने यात्रुहरूलाई लक्षित गरेर बजारमा रैथाने उत्पादनलाई बिक्री गर्ने गरिएको हो । तामाङ समुदायको बाक्लो बसोबास भएको केत्तुकेलाई पर्यटकीय हबका रूपमा विकास गर्न वडा अध्यक्ष तामाङले आफैले घोडा खरिद गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई घोडचढीको व्यवस्था गर्नुभएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाको केत्तुके लगायत लिब्जु उपो सामाथान, सातसल्लेको सहिद पार्क, किरातेश्वर गुफा, जयरामघाटको पुल, उवुको स्वालेवा र सुरिम पार्क लगायतको पर्यटकीय प्रवद्र्धन गरी युवाहरूमा रोजगारी सृजना गर्ने योजनाका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...