‘खेल क्षेत्रको विकासको लागि सरकार सकारात्मक छ’

Published on

काठमाडौं । नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले खेलकुद क्षेत्रको विकासको लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

कपिलवस्तुको बाणगंगामा सुरु भएको प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिताको समुद्घाटन गर्दै मन्त्री अधिकारीले सबै पालिका मिलेर जिल्लाको पायक पर्ने ठाउँमा राम्रो खेल मैदान निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले नेपालले खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गएकोले देशका विभिन्न स्थानमा खेलमैदान, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माणमा जोड दिनु पर्ने बताउनुभयो । मोफसलमा राष्ट्रिय स्तरका खेलकुदका प्रतियोगिताले खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने मौका पाउने बताउनुभयो । शनिबारदेखि सञ्चालनमा आएको प्रतियोगितामा चैत २४ गतेसम्म चल्नेछ । प्रतियोगितामा मोफसलका ४ र ‘ए’ डिभिजन ४ क्लबको सहभागिता रहेको छ । सहभागी हुनेमा ‘ए’ डिभिजन क्लब अन्तर्गत थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब र मोफसलका बीएफसी चितवन, सुदूरपश्चिम(११, सहारा क्लब पोखरा र आयोजक टिमको प्रतिनिधित्व गर्दै कपिलवस्तु(११ छन्।

प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १ सय ११ रुपियाँ र उप विजेताले ५ लाख ५५ हजार ५५५ रुपियाँ सहित ट्रफि प्रदान गरिने आयोजक कपिलवस्तु जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...