अक्षयकोष सासू आमाको स्मृतिमा

Published on

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –९ श्री मावि इमिलियामा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा अध्यापन गराउँदै आउनुभएका महिला शिक्षकले सासूआमाको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

शिक्षक लीला सुवेदीका सासूआमा स्व। धनकुमारी भुसालको स्मृतिमा १ लाख ११ हजार १ सय ११ रुपियाँको चेक विद्यालयमा हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकाको अध्ययनमा सहयोग गर्न अक्षयकोषमा रकम सहयोग गरिएको छ । सासूआमाको स्मरण गर्दै ४५ दिनको पुण्यतिथिको अवसरमा सहयोग गरेको शिक्षक सुवेदीले बताउनुभयो । सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्दा विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई विद्यालय टिकाउन सहज हुने विद्यालयका प्रअ खगेश्वर खनालले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...