घोडाघोडी तालक्षेत्रमा रामसार जानकारी अधावधिक कार्य सुरु

Published on

काठमाडौं । विश्वरामसार साइडमा सूचीकृत जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी तालमा विज्ञहरुको समुहद्धारा रामसार जानकारी अधावधिक कार्य हुँदैछ ।

नेपाल सरकार राष्ट्रिय निकुञ्ज विभाग र ताल विभागले रामसार जानकारी अधावधिकका लागि विज्ञहरुको समुह रहेको संरक्षण विकास फाउन्डेसनलाई जिम्मा दिएको हो । लामो समय वन, वातावरणमा कार्य अनुभव भएका विषय विज्ञ व्यक्तिहरुको समुह यतीखेर घोडाघोडी क्षेत्रको जैविक विविधता, पर्यापर्यटन,स्थानीय रोजगारी सृजना, पानीको मुहान, बाह्य मिचाहा प्रजाती लगायतका विषयमा जानकारी लिने काम गरिरहेको छ । अधावधिक कार्यक्रमको नेतृत्व झमक कार्कीले गर्नुभएको छ । टोलीमा जैविक विविधता विद् सृजन श्रेष्ठ, डाक्टर रोशा, पूर्णिमा जोशी, पवित्रा सुब्बा हुनुहुन्छ । जानकारी अधावधिकमा खटिएको समूहले घोडाघोडी तालको पानी, माटोको गुणस्तर मापन देखि सिमसार क्षेत्रको प्रत्यक्ष अवलोकगरी सरोकारवाला निकायसंग छलफलसमेत चलाएको छ। आइतबार घोडाघोडी सिमसारसँग जोडिएका विभिन्न सरोकारवाला संघसंस्थाका व्यक्तिहरुसँग घोडाघाडी तालक्षेत्रका विषयमा समूह समूहमा छलफल गरे जैविक विविधता, पर्यापर्यटन, पानी, व्यवस्थापनका विषयमा जानकारी लिएको छ ।

छलफल कार्यक्रममा समुहगत छलफलबाट घोडाघोडी तालको जैविक विविधता, पर्यापर्यटन, पानीको स्रोत, व्यवस्थापनमा भएका विषयमा जानकारी गराउनुका साथै आगामीदिनमा गर्नुपर्ने कार्यका विषयमा जानकारी गराएका थिए । छलफल कार्यक्रममा विभिन्न सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष, जनप्रतिनिधि, वनका कर्मचारी, संरक्षणको क्षेत्रमा कामगर्ने संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुरको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले घोडाघोडी सिमसार क्षेत्रको संरक्षणमा नेपालसरकारले गरेका प्रतिवद्धता र सम्झौतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको थियो ।

जानकारी अधावधिक कार्यक्रमका प्रमुख झमक कार्कीले समुदायस्तरसम्म पुगेर २९६ बुँदामा रहेको जानकारी लिने कार्य भैरहेको बताउनुभयो । उहाँले घोडाघोडी ताल सन् २००३ मा रामसारमा सूचीकृत भैसकेकेपछि हालको अवस्थालाई रामसार अधावधिकका लागि विज्ञहरुद्धारा जानकारी लिनेकार्य भएको जनाउनुभयो । घोडाघोडी ताल, सेफोक्सुन्डो ताल र विसहजारी ताल क्षेत्रको रामसार जानकारी अधावधिक गर्ने कार्यको जिम्मेवारी पाएको फाउन्डेसनले अधावधिक प्रतिवेदन नेपालसरकारलाई बुझाउने जनाइएको छ । नेपाल सरकारको रामसार क्षेत्रको घोषणा र व्यवस्थापन मार्ग दर्शनमा नेपालमा १० वटा रामसार क्षेत्रहरु छन् । घोडाघोडी ताल २००३ मा रामसार सुचिमा सूचिकृत भएको हो । तालको कूल क्षेत्रफल २५सय ६३ हेक्टर छ ।

रामसार सूचीमा सूचीकृत हुँदा तालको क्षेत्रमा ठूला तर कम गहिरो ताल समेत गरेर ठूला स–साना गरी २० वटा ताल तलैयाहरुलाई समेटेको पाइन्छ । यहाँ सङ्कटापन्न प्रजातिहरु जस्तै कछुवा, ओत, गोही, चरा हाँस र अन्य स्तनधारीहरु पनि यहाँ पाइन्छन् । तालमा चार सय ५० प्रजाति वनस्पति, २९ प्रजाति माछा, ३२ प्रजाति पुतली, एक प्रजाति गोही, ७ प्रजाति सरिसृप, १४० प्रजाति रैथाने र घुमन्ते चराहरु उल्लेख गरिएको छ । हाल भने उक्त जानकारीमा केही तलमाथि भएको विभिन्न समयमा सरोकारवाला निकायले प्रश्तुत गर्ने तथ्यांकमा देखिन्छ । हरेक वर्ष चरा गणना हुदै आएको घोडाघोडीमा ४८० प्रजातीका चरा पाईने जनाइएको छ । जंगली धान, हरीहाँस र मगरगोही घोडाघोडी तालको सूचक प्रजातीको रुपमा छन् । नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्रको रुपमा रहेको घोडाघोडी तालको जानकारी रामसार अधावधिक कार्यले वर्तमान तालक्षेत्रको जानकारी दस्तावजीकरण हुनुका साथै संरक्षणका लागि थप पहलकदमी हुने विश्वास गरिएको छ । गोरखापत्र

ताजा समाचार

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान

काठमाडौं । अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्तिमार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन्...

काठमाडौँ-तराई-मधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

काठमाडौं । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ(तराई(मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित...

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको...

बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको...