एक वर्षमा साढे तेह्र हजारभन्दा बढी राहदानी वितरण

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले आर्थिक वर्ष २०८०/८१ को एक वर्षमा १३ हजार ७७१ राहदानी वितरण गरेको छ । वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने उद्देश्यका साथ एक वर्षको अवधिमा राहदानी बनाउनेको सङ्ख्या उल्लेख्य रहेको प्रशासनले जनाएको छ । जिल्लामा आव २०८०\८१ को एक वर्षमा १७ हजार ४८० वटा राहदानीका लागि निवेदन आएकोमा १३ हजार ७७१ राहदानी वितरण गरेको हो । यस अवधिमा जिल्लामा राहदानीका लागि १७ हजार ४८० थान निवेदन दर्ता भएका छन् । यीमध्ये ५८ वटा राहदानी विभागमा सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार आवमा सरदर मासिक एक हजार १५० भन्दा बढी राहदानी वितरण भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले निकाल्नुभएको वार्षिक प्रतिवेदनमा विपत् व्यवस्थापन समितिका तर्फबाट उद्धार, राहत र कम्बल वितरणसमेत गरिएको उल्लेख गरिएको छ । वार्षिक प्रतिवेदन अनुसार जिल्लामा विपत्मा परेका पीडित परिवारलाई २६ लाख ६६ हजार रुपियाँ बराबरको राहत वितरण गरिएको छ । यस्तै असहाय एवं विपन्न परिवारका १२५ जनालाई कम्बल वितरण गरेको प्रजिअ तिवारीले जानकारी दिनुभयो । उहाँले यो अवधिमा बजार आगमनलाई समेत तीव्रता दिएको बताउनुभयो  । त्यसै गरी प्रशासनमा आएको एक हजार २१२ ठाडो उजुरीको छोटो समयमा फस्र्योट गरिएको जनाएको छ । त्यसै गरी प्रशासनमा यो अवधिमा ४०४ थान मुद्दा दर्ता भएका छन् भने ३४४ मुद्दा फस्र्योट भएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले आव २०८०\८१ को एक वर्षमा १५ हजार ५२४ थान नयाँ नागरिकता जारी गरेको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार आव २०८०\८१ को साउनदेखि असार मसान्तसम्ममा यत्तिको सङ्ख्यामा नयाँ नागरिकता जारी गरिएको हो । नयाँ नागरिकता जारीसँगै नागरिकताको प्रतिलिपिसमेत यस आवको यही अवधिमा उल्लेख्य रूपमा वितरण गरिएको पाइएको छ । प्रजिअ तिवारीका अनुसार सोही अवधिमा १३ हजार ७३३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । उहाँका अनुसार यो आवमा नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि गरी कुल २९ हजार २५७ जनाले नागरिकता लिएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...