कृषि विकासमा महिलाको भूमिका वृद्धि

Published on

काठमाडौं । नेपाल उद्योग परिसङ्घ अन्तर्गतको महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको सो सम्मेलनमा उठेका विषयवस्तुलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छाया शर्माले बताउनुभयो । नीतिगत सुधारका लागि सो घोषणापत्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतका सरोकारवाला निकायसमक्ष पेस गर्ने उहाँले बताउनुभयो । कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने घोषणापत्रमा उल्लेख छ । महिलामैत्री कृषि यान्त्रिकीकरण, कृषिमा काम गर्ने सरकारी निकायको विकेन्द्रीकरणसँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने कुरामा जोड दिँदै सम्मेलनले कृषिमा बिमा र सहुलियत ऋणको प्रभावकारितामा जोड दिएको सभापति शर्माले बताउनुभयो ।

कृषिमा पर्याप्त लगानीको खाँचो देखिएकाले सरकारको कृषिमा लगानी गर्ने नीति एकद्वार प्रणालीमा हुनुपर्नेलगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । कृषिमा नवप्रवर्तन, उद्यमशीलता र दिगोपनका लागि विद्यालयस्तरबाटै पहल हुनुपर्ने र ती विषयलाई पाठ्यक्रममा नै उल्लेख गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । दिगो खेती प्रवर्धन गर्न जलवायु अनुकूलन कृषिमा लगानी गर्न अध्ययन हुनुपर्ने कुरामा जोड दिँदै सम्मेलनले कृषिलाई पनि समाजिक, आर्थिक र राजनीतिक रूपमा दिगो बनाउन नै दिगो कृषि विकासको मर्म रहेको घोषणापत्रमा उल्लेख गरेको छ । सम्मेलनले कृषिमा नेपाली किसानमैत्री सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने कुरामा जोड दिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...