फ्रान्सद्वारा साइबर जासुसीविरुद्ध कारबाहीको घोषणा

Published on

काठमाडौं । फ्रान्सले साइबर आक्रमणबाट समस्याग्रस्त कम्प्युटरहरू सफा गर्ने अभियान सुरु गरेको वरिष्ठ फ्रान्सेली अधिकारी लोरा बेक्आउले बताउनुभएको छ । ओलम्पिकको पूर्वसन्ध्यामा सुरु गरेको अपरेसनले सबै खाले साइबर अपराधविरुद्ध लड्न मद्दत पुग्ने उहाँले बताउनुभयो । अभियानले जासुसी वा आक्रमणको उद्देश्यले कम्प्युटरहरू ह्याक गर्ने, तथ्याङ्क चोरी गर्ने नेटवर्कलाई लक्षित गरेको छ । जुलाई १८ बाट सुरु भएको अभियानले सर्भर नियन्त्रणमा लिई समस्या समाधान गर्न सफल भएको बताउनुभयो । उहाँले यस अघिनै अभियानमार्फत समस्याग्रस्त युरोपेली देशलाई सहयोग गरेको र अभियान लामो समयसम्म चल्ने विश्वास दिलाउनुभयो ।

उहाँले पेरिस ओलम्पिकका लागि खतराको उल्लेख नगरे तापनि गत हप्ता फ्रान्सेली सरकारको साइबर सुरक्षा निकायले शुक्रबारको खेलमा आक्रमण हुनसक्ने चेतावनी भने दिएको छ । रासस\एएफपी

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...