उखुको रस औषधका लागि प्रयोग

Published on

काठमाडौं । जिल्लाको भूमे गाउँपालिका–९ का स्थानीयले उखु पेलेर निकालिएको रस औषधीका लागि प्रयोग गर्दै आएका छन् । स्थानीयले उखु पेलेर निकालिएको रसलाई पकाएर तयार भएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएका हुन् ।

उखुलाई कोलमा पेलेर निकालिएको रसलाई पकाइ थिग्रयाइएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएको भूमे–९ बिजौँराका कर्णबहादुर ओलीले बताउनुभयो । पहिले पुर्खादेखि नै उखु पेलेर निकालिएको रसलाई पकाइ तयार गरिएको वस्तु विभिन्न रोगको औषधीका लागि प्रयोग गर्दै आएको ओलीले बताउनुभयो । यस प्रकारले बनाइएको औषधी जन्डिस, हाडजोर्नीको दुःखाइ, हातखुट्टा मर्केको, पेटसम्बन्धी लगायतका रोगमा प्रयोग गर्दै आएको ओलीले बताउनुभयो । त्यसैले घरेलु उपचार औषधका लागि हरेक वर्ष उखु पेल्ने गरेको ओलीको भनाइ रहेको छ ।

अर्का स्थानीय कमला खड्काका अनुसार उखु पेलेर निकालिएको रसलाई पकाइ तयार गरिएको वस्तुलाई महको मूल्यमै बिक्री गर्ने गरिएको छ । हाल मह धार्नीको तीन हजार रहेको छ । त्यसै, अनुसार उखुको रसलाई पकाइ तयार गरिएको वस्तुलाई पनि धार्नीको तीन हजारमा बिक्री गर्ने गरेको खड्काले बताउनुभयो । भूमे–९ का स्थानीयले औषधीका लागि तयार गर्नु भएको उखुको रस छिमेकी वडा स्थानीयले समेत खरिद गर्न आउने गरेको वडाध्यक्ष विनोद बुढा मगरले बताउनुभयो । धेरै उखु भएका घरपरिवारले औषधीका लागि तयार गरेका उखुको रसबाट राम्रो आम्दानी गर्दै आएको समेत वडाध्यक्ष बुढा मगरको भनाइ रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...