अलैँचीको मूल्यवृद्धिले व्यापारीलाई फाइदा

Published on

काठमाडौं । यस वर्षको अलैँचीको मूल्यवृद्धिले व्यापारीलाई फाइदा भएको छ । अलैँचीको कारोबार हुने मुख्य मौसम गुज्रेपछि भएको मूल्यवृद्धिले किसानभन्दा व्यापारीलाई राम्रो फाइदा भएको हो ।

ताप्लेजुङमा हिजोआज अलैँची प्रतिमन (४० किलोग्राम) ८३ हजार रुपियाँसम्ममा कारोबार भइरहेको छ । पछिल्लो समय अलैँचीको मूल्य निरन्तर वृद्धि भइरहेको र मूल्यवृद्धि हुँदा व्यापारीले बढी फाइदा लिन सफल भएका छन् । मङ्सिर, पुस र माघ महिना अलैँचीको मुख्य कारोबार हुने मौसम मानिन्छ । मुख्य कारोबार हुने मौसम बितिसकेपछि अलैँचीको मूल्यवृद्धि भइदिँदा यसको फाइदा व्यापारीलाई भएको हो । यस वर्ष अलैँची बजारमा निस्कन थाल्दा प्रतिमन ५५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । त्यसयता निरन्तर मूल्यवृद्धिको क्रमसँगै अहिले अलैँचीको मूल्य प्रतिमन ८३ हजार रुपियाँ पुगेको छ । खेतीमा संलग्न किसानले अलैँची बगानबाट निस्केपछि बजारमा पुर्‍य ाउने गर्दछन् । अलैँची बजारमा पुर्‍य ाएर चलनचल्तीको मूल्य काट्ने अर्थात् बिक्री गरिहाल्ने हाल्ने भएकाले किसानभन्दा व्यापारीलाई फाइदा हुने गरेको हो । अलैँची उत्पादक किसानले स्थानीय बजारमा तत्काल कारोबार हुँदै आएको मूल्य पाउने गरेका छन् । स्थानीय व्यापारीले भने जिल्ला बाहिरका व्यापारीसँग कारोबार गर्नुपर्दा केही समय पर्खनुपर्ने वा तत्काल कारोबार हुँदैन ।

अलैँची व्यापारका लागि केही समय पर्खनुपर्ने भएका कारण सोही समयमा मूल्यवृद्धि भएकोले व्यापारीलाई फाइदा भएको हो । फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्रवीर रेग्मीले भने हाल अलैँचीको मूल्यवृद्धि भए पनि आफूले त्यसको फाइदा लिन नसकेको बताउनुभयो । अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्षसमेत रहनुभएका रेग्मीले किसानबाट अलैँची लिनासाथ बिक्री गरिहालेका कारण अहिले भएको मूल्यवृद्धिको फाइदा लिन नसकेको बताउनुभयो । उहाँका अनुसार अलैँचीको अस्थिर मूल्यका कारण फुङ्लिङ बजारका अधिकांश व्यापारीले मूल्यवृद्धिको फाइदा लिन नपाएका बताउनुभयो । मूल्य वृद्धि हुने कुनै निश्चित नहुने हुँदा स्थानीय व्यापारीले लगाएको मूल्य अझ घट्नसक्ने डरले सुरुमै जिल्ला बाहिरका व्यापारीसँग कारोबार गर्दा स्थानीय व्यापारीले फाइदा लिन नपाएको उहाँको भनाइ छ । मूल्य पर्खेर कारोबार गर्ने केही व्यापारीले भने राम्रो फाइदा लिएका उहाँले बताउनुभयो ।

फुङ्लिङ बजारका अर्का व्यापारी दिनेश अधिकारीले पनि सोचेजस्तो मूल्यवृद्धिबाट अलैँची व्यापारमा फाइदा लिन नसकेको बताउनुभयो । उहाँका अनुसार सुरुको मूल्यमा किसानले भाउ नकाटेको र बिचमा प्रतिमन ७० हजार रुपियाँ पुग्दा धेरै उत्पादक किसानले अलैँचीको मूल्य काटेका वा बिक्री गरेका थिए । सोहीमा समयमा व्यापारीले पनि अलैँची बेचेका कारण अहिले चर्चा भएजस्तो आफूहरुले अलैँची व्यापारमा फाइदा नगरेको उहाँले बताउनुभयो । यसरी अलैँची व्यापारीले सोचेजस्ता फाइदा नभएको बताए पनि मूल्यवृद्धिको अधिकतम् फाइदा उनीहरुले नै लिएको किसान बताउँछन् । हालको मूल्य अझ वृद्धि भएर गए पनि अलैँची पहिले नै बिक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा व्यापारीलाई नै हुने किसानको भनाइ छ । यता अलैँचीको मूल्यवृद्धिको फाइदा झापा, बिर्तामोडका व्यापारीलाई हुने स्थानीय व्यापारी बताउँछन् । स्थानीय व्यापारीकाअनुसार बिर्तामोड हुँदै अन्तर्राष्ट्रिय बजारमा अलैँचीको कारोबार हुने हुँदा मूल्य वृद्धि भएमा त्यो फाइदा विर्तामोडका व्यापारीलाई हुने हो । ताप्लेजुङमा यसवर्ष दुई हजार ५४०.६५ मेट्रिक टन अलैँची उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार चार हजार १६५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट उक्त परिमाणमा अलैँच उत्पादन भएको हो । यसवर्षको अलैँची मूल्य भने विगत पाँच \छ वर्षयताकै बढी हो । गत वर्षसम्म प्रतिमन ३० हजारदेखि ४५ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको थियो । गोरखापत्र

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...