बाढीको जोखिमको भविष्यवाणी गर्न अस्ट्रेलियामा एआईको प्रयोग

Published on

काठमाडौं । अस्ट्रेलियाको दक्षिणपूर्वी राज्य ‘न्यू साउथ वेल्सले’ मङ्गलबार बाढीको सम्भावित प्रभावहरूको भविष्यवाणी गर्न कृत्रिम बौधिकत्ता (एआई) र मोबाइल फोन नेटवर्कको प्रयोग गर्ने प्रविधिको परीक्षण गरिरहेको जनाएको छ ।

सरकारले एक मिडिया विज्ञप्ति मार्फत, यसले गर्दा गम्भीर मौसमी घटनाहरूमा समुदायहरूलाई जोगाउन मद्दत गर्न सक्ने उल्लेख गरेको छ । उक्त विज्ञप्तिमा वास्तविक–समय मौसम जानकारी दिन ‘ब्यूरो अफ मेटियोरोलोजी डेटा’ र बाढी जानकारीसँग जोडिएको उल्लेख गरिएको छ । र परिदृश्य (भिजुअलाइजेशन) र स्पेसियल डिजिटल ट्विन ९प्रयोगकर्ताहरूलाई मोडेलहरूको रूपमा डेटाको विश्लेषण गर्न एकै ठाउँमा ठूलो मात्रामा डेटा व्यवस्थित गर्न सक्षम बनाउने० मार्फत परिदृश्य र निर्मित वातावरणमा परिवर्तनहरू प्रदर्शन गर्न सम्भव भएको भनिएको छ ।

पूर्वाधार र समुदायहरूमा जोखिमहरू भविष्यवाणीमा प्रयोग गर्न सकिने र राज्यको आपतकालीन सेवालाई लक्षित अलर्टहरू मार्फत प्रभावित समुदायहरूमा जानकारीको द्रुत प्रसारको लागि डेटाको सम्भावित रूपमा प्रयोग गर्न यसले मार्ग प्रशस्त गर्दछ । यो मोडेलहरूमा ठूलो मात्रामा डेटा सवदृष्य गर्न र विस्तृत विश्लेषणहरू मार्फत डेटा बुझ्न र विश्लेषण गर्न अनुमति दिन्छ । राज्यका ग्राहक सेवा र डिजिटल सरकारका मन्त्री जिहाद दिबले “जलवायु परिवर्तनबाट प्रभावित बढ्दो गम्भीर मौसमको सामना गर्ने क्रममा राज्य आपतकालीन सेवालाई प्रविधिको साथ जानकारी छिटो पहुँच गर्न मद्दत गर्ने भन्नुभयो ।” रासस\सिन्ह्वा

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...