गण्डकीका मुख्यमन्त्री पाण्डेको राजीनामा

Published on

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । अल्पमतमा पर्नुभएका पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो ।

विश्वसको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मङ्गलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गर्नुभएको थियो । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार जोगाउन चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्थ्यो । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुन बाँकी छ । गण्डकीमा सत्ता गठबन्धनका एमालेको २२ र माओवादी केन्द्रको सभामुखसमेत आठ सिट छ । यहाँ सरकार गठनका लागि राप्रपा निर्णायक छ । राजीनामा बुझाएपछि पाण्डेले आफूले सुशासन र विकासका लागि काम गरेको र प्रक्रिया अनुसार फेरि सरकार गठनको पहल गर्ने उल्लेख गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...