गण्डकीका मुख्यमन्त्री पाण्डेको राजीनामा

Published on

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएको छ । अल्पमतमा पर्नुभएका पाण्डेले बुधबार सवा ११ बजे प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा दिनुभएको हो ।

विश्वसको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मङ्गलबार नेपाली कांग्रेसका सांसदहरुसँग छलफल गर्नुभएको थियो । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार जोगाउन चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्थ्यो । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ सांसद छन् । बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका पाण्डेले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुन बाँकी छ । गण्डकीमा सत्ता गठबन्धनका एमालेको २२ र माओवादी केन्द्रको सभामुखसमेत आठ सिट छ । यहाँ सरकार गठनका लागि राप्रपा निर्णायक छ । राजीनामा बुझाएपछि पाण्डेले आफूले सुशासन र विकासका लागि काम गरेको र प्रक्रिया अनुसार फेरि सरकार गठनको पहल गर्ने उल्लेख गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...