संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै

Published on

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग दोहोर्‍याउनुभयो । संसदबाट कसैलाई दोषी करार गर्न नपाइने र निर्दोष भनेर चोख्याउन पनि नहुने उहाँको तर्क छ । तर उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेमाथि छानबिनको विषय प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाइरहेकोमा सत्तापक्षले संसदबाटै निर्दोष भनेर करार गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । “को दोषी वा को निर्दोष भनेर रोस्टम वा फ्लोरबाट छुट्याउने विधि र पद्धति हाम्रो होइन । संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष साबित हुन पाउने हक उपभोग गर्न दिइनुपर्छ”, शर्माले भन्नुभयो ।

संसदीय छानबिन समिति किन चाहियो भन्ने प्रश्न उठिरहेकोमा यसमा मुख्य तीन कारणले समिति चाहिएको उहाँको भनाइ छ । “स्वार्थको टकराब (कन्फ्क्टि अफ इन्ट्रेस्ट) देखिएका कारण, सहकारी ठगीसम्बन्धीमा चलिरहेको छानबिन रोकिएका कारण र यो विषयमा सडकमा नभई संसदीय छानबिन समितिमा बहस चलाइनुपर्ने र जवाफ दिइनुपर्छ भन्ने तीनवटा कारणले समिति चाहिएको हो”, महामन्त्री शर्माले भन्नुभयो । संसद्का आगामी बैठकमा नेपाली कांग्रेसले यो विषयलाई थप गम्भीरताका साथ उठाउने पनि शर्माले बताउनुभयो । “संसद्को अर्को बैठकमा आउँदा सरकारले छानबिन समिति गठन गर्ने प्रस्तावसहित आओस् । कतिपयले कांग्रेसले सत्ताको चाल चल्नका लागि यो विषय उठाएको र अब यसलाई महत्वका साथ उठाउँदैन भन्ने गरेको सुनिन्छ, तर हामी संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग भन्दा दायाँ–बायाँ उभिनेवाला छैनौँ”, शर्माले भन्नुभयो । छानबिन समिति गठनका लागि सरकारलाई दिएको अल्टिमेटम सकिएको बताउनुहुँदै महामन्त्री शर्माले संसद्को अबको बैठकमा छानबिन समिति गठन नभए विरोधका कार्यक्रम चर्काउने सङ्केत गर्नुभयो ।

कांग्रेसले विरोध गरेर संसद् चलिरहेको छैन भनेर नागरिकस्तरमा गलत बुझाइ रहेको पनि उहाँको भनाइ छ । “चैत १८ गते अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौतामा छलफल भयो । चैत १९ गते विद्युतीय व्यापार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस भयो र हिजो चैत २० गते बिम्स्टेक वडापत्रलाई अनुमोदन गरेको छ । यसैले स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई संसद् चलिरहेको जानकारी गराउन चाहन्छु”, उहाँले भन्नुभयो, “सरकार विधेयक लिएर आउँछ भने संसद् चल्छ । तर सरकारले बलजफती गर्न खोज्छ भने संसद् चल्दैन । संसद्लाई क्यालेन्डर अनुसार चल्नेरचलाउने, सुव्यवस्थित थलो बनाउने र जिम्मेवार बहसको थलो बनाइनुपर्ने उहाँको भनाइ छ । कार्यसूचीभन्दा भन्दा फरक विषय संसद्मा आएमा कांग्रेसले विमति राख्ने पनि उहाँको भनाइ छ । कार्यव्यवस्था तथा परामर्श समितिमा बन्ने सहमतिबेगर रोस्टमबाट आकस्मिक रूपमा संसद्मा विषयहरू ल्याइएमा प्रतिपक्षले विरोध जनाउने शर्माले बताउनुभयो ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री वा मन्त्रीले संसद्मा बोल्नका लागि समय माग गरेमा उपलब्ध गराइने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभयो । “प्रधानमन्त्री, मन्त्रीहरू संसद्प्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था हो । प्रधानमन्त्री र मन्त्रीले संसद्मा समय माग गर्दा उपलब्ध गराउने हाम्रो प्रचलन र अभ्यास रहेको जानकारी गराउन चाहन्छ”, सभामुख घिमिरेले भन्नुभयो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...