चैते धान रोपाइँमा व्यस्त कृषक (फोटो फिचर)

Published on

काठमाडौं । पाल्पाका कृषक यतिबेला चैते धान रोपाइँमा व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा भएको अधिकांश स्थानमा चैते धान रोप्न सुरु गरिएको छ ।

वर्षे धानको तुलनामा उपादन क्षमता बढी हुने भएकाले कृषकले चैते धान खेतीलाई निरन्तरता दिँदै आएका छन् । जिल्लाको रामपुर, माडी, पूर्वखोला, रम्भा, अर्गेली, तिनाउ, लगायतका स्थानमा चैते धान खेती हुने गर्छ । चैते धान खेतीले खाद्यान्न परिपूर्तिमा सहयोग गर्ने भएकाले खेतीलाई निरन्तरता दिँदै आएको तल्लो बडभान कृषक समूहका अध्यक्ष ओम बहादुर रानाले बताउनुभयो । रामपुर ४ को बडभान क्षेत्रमा रहेका ६ सय ५० रोपनी बढी क्षेत्रमा चैते धान खेती हुँदै आएको कृषक बल बहादुर पोखरेलले बताउनुभयो । जिल्लाको कतिपय स्थानमा भने पर्याप्त सिंचाई सुविधा नहुनु चैते धान स्याहार्ने र वर्षे धान लगाउने समय एउटै हुँदा जनशक्ति अभाव हुने भएकाले चैते धान लगाउने प्रचलन हट्दै गएको छ ।

कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार जिल्लामा साढे ६ सय हेक्टर चैते धान खेती हुँदै आएको छ । उत्पादकत्व क्षमता बढी हुने भएकाले सिँचाइ पुगेको स्थानमा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, यस वर्ष रामपुरको बडभान र रम्भाको अगाहा खोलामा चैते धान खेती प्रवद्र्धनका लागि उन्नत जातको चैते(५, जातको धानको वीऊ र मल कृषकलाई उपलब्ध गराएका छौं । उन्नत प्रविधिको प्रयोग बाट गर्दा हुने फाईदाको विषयमा जानकारी दिन दुई स्थानमा कार्यक्रम सञ्चालन गरिएको हो । कृषि उत्पादन खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत कृषि प्रविधि प्रदर्शन कार्यक्रम सञ्चालन गरिएको हो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...