चैते धान रोपाइँमा व्यस्त कृषक (फोटो फिचर)

Published on

काठमाडौं । पाल्पाका कृषक यतिबेला चैते धान रोपाइँमा व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा भएको अधिकांश स्थानमा चैते धान रोप्न सुरु गरिएको छ ।

वर्षे धानको तुलनामा उपादन क्षमता बढी हुने भएकाले कृषकले चैते धान खेतीलाई निरन्तरता दिँदै आएका छन् । जिल्लाको रामपुर, माडी, पूर्वखोला, रम्भा, अर्गेली, तिनाउ, लगायतका स्थानमा चैते धान खेती हुने गर्छ । चैते धान खेतीले खाद्यान्न परिपूर्तिमा सहयोग गर्ने भएकाले खेतीलाई निरन्तरता दिँदै आएको तल्लो बडभान कृषक समूहका अध्यक्ष ओम बहादुर रानाले बताउनुभयो । रामपुर ४ को बडभान क्षेत्रमा रहेका ६ सय ५० रोपनी बढी क्षेत्रमा चैते धान खेती हुँदै आएको कृषक बल बहादुर पोखरेलले बताउनुभयो । जिल्लाको कतिपय स्थानमा भने पर्याप्त सिंचाई सुविधा नहुनु चैते धान स्याहार्ने र वर्षे धान लगाउने समय एउटै हुँदा जनशक्ति अभाव हुने भएकाले चैते धान लगाउने प्रचलन हट्दै गएको छ ।

कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार जिल्लामा साढे ६ सय हेक्टर चैते धान खेती हुँदै आएको छ । उत्पादकत्व क्षमता बढी हुने भएकाले सिँचाइ पुगेको स्थानमा प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, यस वर्ष रामपुरको बडभान र रम्भाको अगाहा खोलामा चैते धान खेती प्रवद्र्धनका लागि उन्नत जातको चैते(५, जातको धानको वीऊ र मल कृषकलाई उपलब्ध गराएका छौं । उन्नत प्रविधिको प्रयोग बाट गर्दा हुने फाईदाको विषयमा जानकारी दिन दुई स्थानमा कार्यक्रम सञ्चालन गरिएको हो । कृषि उत्पादन खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत कृषि प्रविधि प्रदर्शन कार्यक्रम सञ्चालन गरिएको हो ।

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...