एसइईमा ३.२ जिपिए ल्याउनेलाई मासिक एक हजार दिने

Published on

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परिक्षा (एसइई) मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने भएको छ । यस नगरपालिकाले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीलाई प्रोत्साहन स्वरुप मासिक रुपमा सो रकम उपलब्ध गराउने भएको छ ।

नगर कार्यपालिकाको बैठकले विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने निर्णय गरिएको हो । सो सुविधा लिनको लागि विद्यार्थीले नगरभित्रकै विद्यालयमा अध्ययन गर्नुपर्ने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले बताउनुभयो । देशका जुनसुकै विद्यालयबाट ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीहरुले रेसुङ्गा नगरपालिका भित्रका विद्यालयमा अध्ययन गरेमा प्रोत्साहन स्वरुप कक्षा ११ मा अध्ययन गर्ने समयसम्म मासिक एक हजार रुपैँया उपलब्ध गराइनेछ । सोही विद्यार्थीले कक्षा ११ मा पनि ३.२ वा सो भन्दा बढी जिपिए ल्याएमा कक्षा १२ मा पनि उक्त सुविधा प्राप्त गर्नेछ । यस कार्यक्रमका लागि नगरपालिकाले बार्षिक २७ लाख लागत लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

यस नगरपालिकाले (७९ मा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने नगरपालिकाभित्रका विद्यार्थीहरु पालिकाभित्रकै विद्यालयमा अध्ययन गरेमा कक्षा ११ र १२ अध्ययनको लागि मासिक चार हजारका दरले उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयअन्तरगत पहिलो बर्षका १६ जनाले ९६ हजार प्राप्त गरेका छन् । मासिक चार हजार उपलब्ध गराउदा खर्च बढी आएकोले पहिलेको निर्णय परिमार्जन गरिएको हो । नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बढी अंक ल्याउने विद्यार्थीहरुलाई गाउँमै अध्ययनको व्यवस्था मिलाउन प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...