भेनेजुएलाका विपक्षी उम्मेदवारलाई पक्राउ पुर्जी जारी गरेकोमा इयुद्वारा निन्दा

Published on

काठमाडौं । युरोपेली सङ्घ (इयु) ले मङ्गलबार विपक्षी राष्ट्रपतिका उम्मेदवार एडमन्डो गोन्जालेज उरुटियालाई भेनेजुएलाको अदालतले जारी गरेको पक्राउ पुर्जीलाई खारेज गरेको छ । गोन्जालेज उरुटियाले जुलाईमा भएको निर्वाचनमा सही रूपमा जितेको दाबी गर्नुभएको छ । “म पक्राउ पुर्जीलाई स्पष्ट रूपमा अस्वीकार गर्दछु”, इयुको विदेश मामिला प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विपक्षी र नागरिक समाजको दमन र उत्पीडन धेरै भएको छ, भेनेजुएलाका जनताको इच्छालाई सम्मान गर्नुपर्छ ।”

अधिकांश सदस्य वर्तमान राष्ट्रपति निकोलस मदुरोप्रति मित्रवत् रहेको भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद्ले जुलाईको मतदानपछि विपक्षी र अधिकांश अन्तर्राष्ट्रिय समुदायले विवादास्पद परिणाम भने पनि मदुरोलाई तेस्रो छ वर्षको कार्यकालका लागि पुनः निर्वाचित भएको घोषणा गरेको थियो । संयुक्त राज्य अमेरिका, इयु र धेरै ल्याटिन अमेरिकी देशले विस्तृत मतदान नतिजा नदेखी आएको परिणामलाई मान्यता दिन अस्वीकार गरेका छन् ।

अन्तिम समयमा मतपत्रमा विपक्षी नेता मारिया कोरिना मचाडोको स्थान लिनुभएका सेवानिवृत्त कूटनीतिज्ञ गोन्जालेज उरुटिया निर्वाचन लगत्तै लुकेर बस्नुभएको छ । अदालतले ‘गम्भीर अपराध’ का लागि गोन्जालेज उरुटियालाई वारेन्टका लागि गरेको अनुरोधलाई स्वीकार गरेको भेनेजुएलाको अभियोजक कार्यालयले मङ्गलबार बताएको छ । गोन्जालेज उरुटियाका कथित अपराधहरू मदुरो र उहाँका सहयोगीहरूले जुलाई २८ मा राष्ट्रपति निर्वाचनमा मत चोरेको विपक्षी आग्रहबाट उत्पन्न भएको अभियोजकहरूले बताएका छन् । रासस\एएफपी

spot_img

ताजा समाचार

‘पार्टी विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ’

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै...

चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण

काठमाडौं । चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक...

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज...