चीनको ‘कमजोर आपूर्ति क्षमता’ बारे अमेरिकी आरोप आधारहीन

Published on

काठमाडौं । चीनका वाणिज्यमन्त्रीले कम लागतको चिनियाँ निर्यातले विश्व बजारमा जोखिम निम्त्याएको भन्ने अमेरिकी चिन्तालाई चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले ‘आधारहीन’ भन्दै आरोपको खण्डन गर्नुभएको छ ।

ट्रेजरी सेक्रेटरी जेनेट येलेनको भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूले दुई देशबिचको सम्बन्ध थप स्थिर अवस्थामा रहेको सकारात्मक टिप्पणी गरेका छन् र दुवै पक्ष अतिरिक्त औद्योगिक क्षमताको विषयमा थप वार्ताका लागि मार्गहरू खोल्न सहमत भएका छन् ।

चीन सरकारले विश्व बजारले धान्न सक्नेभन्दा बढी उत्पादन क्षमता सिर्जना गर्न सहयोग गर्दा सौर्य र विद्युतीय सवारी साधनजस्ता प्रमुख क्षेत्रमा सस्तो निर्यातको बाढीले अन्यत्र ती उद्योगहरूको वृद्धिलाई असर पार्न सक्छ भन्ने अमेरिकी अधिकारीहरूको चिन्ता रहेको छ ।

वाणिज्यमन्त्री वाङले आइतबार पेरिस भ्रमणका क्रममा ‘अमेरिका र युरोपले लगाएको ‘अत्यधिक क्षमता’ को आरोप आधारहीन भएको बताउनुभएको हो ।

चिनियाँ विद्युतीय सवारी निर्माताको तीव्र वृद्धि नवीनता र स्थापित आपूर्ति शृङ्खलाका कारण भएको वाङले बताउनुभयो ।

उहाँले बेइजिङले व्यवसायहरूलाई उनीहरूको हितरक्षाका लागि सहयोग गर्ने पनि बताउनुभयो । बेइजिङले उद्योगका लागि राज्यको विशाल समर्थनको बारेमा चिन्तालाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

युरोपेली सङ्घ (ईयू) ले चिनियाँ विद्युतीय कारमा अनुदानको बारेमा अनुसन्धान सुरु गरेको छ जसले गर्दा कम मूल्यमा अनुचित रूपमा बेचिएका सवारी साधनहरूमा कर वृद्धि हुन सक्छ । गत महिना बेइजिङले यसलाई व्यापारमा देखिएको ‘सङरक्षणवाद’ को संज्ञा दिएको छ ।

येलेनले दक्षिणी शहर ग्वान्झाओ र राजधानी बेइजिङमा अधिकारी र व्यापारिक नेताहरूसँगको वार्तामा बारम्बार चीनको ‘क्षमताभन्दा बढी आपूर्ति’ को प्रसङ्गलाई उठाउनुभएको थियो ।

आफ्ना समकक्षी उपप्रधानमन्त्री हे लिफेङसँग भएको वृहत् छलफलमा उहाँले चिनियाँ नीति निर्माणको उच्च तहमा अन्तर्राष्ट्रिय चासोका सवालबारे संवेदनशील बन्न आग्रह गर्नुभएको थियो ।

सिन्ह्वाका अनुसार लीले उत्पादन क्षमताको विषयलाई वासिङ्टनले ‘वस्तुनिष्ठ’ र ‘बजारमुखी’ दृष्टिकोणबाट हेर्नुपर्ने येलेनसँग बताउनुभएको थियो ।

उहाँले चीनको नयाँ ऊर्जा उद्योगको विकासले ‘विश्वव्यापी हरित र कम कार्बन सङ्क्रमणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । रासस/एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...