टुँडिखेलमा मनाइने घाेडेजात्रा सम्पन्न

Published on

काठमाडौं । प्रत्येक वर्षकाे चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौँको टुँडिखेलमा सम्पन्न भएको छ ।
परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथि भएकाे विजयको स्वरुप घाेडेजात्रा मनाउने गरिएकाे हो । परापूर्वकालमा टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिका खाइदिने गरेको किंवदन्ती छ । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपायहरू खोज्न थालेका थिए ।

त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडेजात्रा मनाउने परम्परा सुरु भएको मानिन्छ । सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आज राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ। यो पर्व काठमाडौँ उपत्यकाको प्रचलित प्राचीन जात्रामध्येको एक मानिन्छ । 

यसै अवसरमा नेपाली सेनाले युद्धकला प्रदर्शन, अश्वकलाका विविध रोचक कार्यक्रम राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड, सो–जम्प, ड्रिल राइड, क्रस टेण्ट पेगिङ्, सुइरो, स्वर्ड एण्ड वाटर मेलन एक्रोब्याटिस,  म्युजिकल राइड, क्रसकन्ट्री जम्प प्रदर्शन समेत गरेको छ । 

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...