बेसहारा बालबालिकालाई पढाउन महायज्ञ

Published on

काठमाडौं । बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ ।

महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबै बालबालिकाको अभिभावक सरकार हो, प्रदेश सरकारले स्थानीयस्तरमा यहाँहरूले थालेका काममा सघाउनेछ”, उहाँले भन्नुभयो, “मेरो व्यक्तिगत सहयोग पनि रहनेछ । महायज्ञबाट सङ्कलित रकम शङ्करपुरस्थित पशुपतिनाथ आधारभूत विद्यालयको स्तरोन्नतिमा पनि खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विश्व शान्तिका लागि साझा अभियान नेपालका प्रबन्धक गोपाल विकले बताउनुभयो । उहाँले विद्यालयको विकास र समुदायका असहाय, विपन्न बालबालिकाको आवासीय शिक्षाका लागि ‘पशुपतिनाथ शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ’ आयोजना गरिएको बताउनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...