रैथाने बाली संरक्षणमा पालिका

Published on

काठमाडौं । बाजुराका अधिकांश स्थानीय तह अहिले रैथाने बाली संरक्षण अभियानमा जुटेका छन् । रैथाने बाली हराउँदै गएपछि स्थानीय तह रैथाने बालीको संरक्षण अभियानमा जुटेका हुन् ।

रैथाने बालीमा मानव स्वास्थ्यका लागि पोषकतत्व हुने भएकाले पछिल्लो समय यसको संरक्षण अभियानमा जुटेको यहाँका स्थानीय बताउँछन् । गाउँमा उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो र फापर, उवा, झुमरो, लोकल मकै, जौ राम्रो पोषिलो अन्न मानिन्छ । स्थानीयको रोजाइमा भात र गहुँको रोटी मात्र भएकाले यो बाली बिस्तारै लोप हुँदै गएको खप्तडछेडेदह गाउँपालिका स्थानीय दले नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ बस्ती सबै सडक सञ्जालको पहुँचमा भएसँगै रैथाने बाली हराउन थालेको हो  देशका विभिन्न सहर यस्ता अन्नको माग बढ्न थालेपछि उत्पादनमा पनि चाँसो बढ्दै गएको छ । रैथाने बालीले बजारमा राम्रो मूल्य पाउने भएकाले माग अनुसार उत्पादन गर्न सकिने नेपालीले बताउनुभयो । अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा समेत रैथाने बाली पर्न थालेको छ । बाजुराका विभिन्न होटल तथा खाजा घरमा रैथाने बालीका विभिन्न परिकार पाक्न थालेका छन् ।

स्थानीय तहले पनि रैथाने बाली संरक्षण गर्ने गरी विद्यालयलाई समेत दिवा खाजामा बनाउन लगाउने गरेको छ । विभिन्न रोग र किरा, सुक्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका रैथाले बाली यहाँका हरेक ठाउँमा उत्पादन गर्न सहज छ । यी बाली ठाउँ विशेषको स्थानीय हावापानीमा राम्रो उत्पादन हुने भएकाले पछिल्लो समय स्थानीय तहले स्थानीयलाई रैथाने बाली उत्पादनमा उत्पे्ररित गर्दै आएका हुन् । खप्तडछेडेदह, बुढीगङ्गा, त्रिवेणी, हिमाली, गौमुल, बडीमालिका, जगनाथ, स्वामिकार्तिक र बुढीनन्दालगायत क्षेत्रमा रैथाने बाली उत्पादन हुन्छ ।

जिल्लाका नौ वटै स्थानीयले पछिल्लो समय रैथाने बाली उत्पादन गर्न किसानका लागि विभिन्न अनुदानका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । रैथाने बाली खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनका लागि आवश्यक भएकाले उक्त बाली संरक्षणका लागि अभियान सुरु गरेको हिमाली गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “कोदो, फापर, सिमी, जौ गहुँ, मकै, चिनो, कागुनो, भटमास, रातो धानको चामललगायत बाली रैथाने बालीमा पर्छ । कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले बालीलाई संरक्षण गर्न अभियान सुरु गरेको रोकायाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...