अनलाइन जुवा खेलाउने १५ जना पक्राउ

Published on

काठमाडौं । अनलाइन जुवा खेलाइरहेको अवस्थामा नेपालगन्जको धम्बोजीबाट ठुलो सङ्ख्यामा ल्यापटप र मोवाइल सहित १५ जना पक्राउ परेका छन् ।

भारतमा आईपिएल क्रिकेट खेल चलिरहेको समयमा खेलको हारजितलाई लिएर अनलाइनबाट सट्टेबाजीमा संलग्न समूह पक्रा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुल बहादुर कार्कीको निर्देशनमा खटिएको प्रहरी टोलीले शनिवार राती १२ः४५ बजे नेपालगन्ज–१ धम्बोजीस्थित अयुव हल्वाईको घर भाडामा लिएर जुवा खेलाइरहेको उक्त समूहलाई पक्राऊ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो । अनलाइन जुवा खेलाउनका लागि भाडामा लिइएको सो फ्ल्याटबाट पक्राउ परेका १५ जना व्यक्तिबाट अनलाइन जुवा खेलाउनका लागि प्रयोग गरिएका १८ थान ल्यापटप र ५६ थान विभिन्न कम्पनीका स्मार्ट फोनहरु समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रवक्ता डिएसपी डाँगीका अनुसार घटनास्थलबाट पक्राउ परेका व्यक्तिहरुमा जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बस्ने वर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने वर्ष २० को सास्वन पाठक, बाँके खजुरा गा।पा। १ बस्ने वर्ष ३८ का ईश्वर राणा, सोही ठाउँ बस्ने वर्ष ३७ का टोप बहादुर थापा, जिल्ला मोरङ मिक्लाजुङ गापा ६ बस्ने वर्ष २५ का ईसाक लिम्बु, सोही ठाउँ वडा नम्बर ९ बस्ने वर्ष १९ का सुदेश राई र वडा नम्बर १ बस्ने वर्ष २२ का रोसन दनुवार, जिल्ला खोटाङ अईसेलुखर्क गापा ६ बस्ने वर्ष २७ का प्रविण राई र जिल्ला ईलामको ईलाम नगरपालिका ९ बस्ने वर्ष ३३ का पर्शुराम दर्जी छन् ।

सोही प्रकारले पक्राउ परेका अन्यहरुमा जिल्ला सिराहाको सिराहा ७ बस्ने वर्ष २३ का राकेश कुमार यादब, जिल्ला पर्सा विरगंज महानगरपालिका १४ बस्ने वर्ष ३१ का सुरेन्द्र चौधरी, जिल्ला उदयपुर चाङडिगडी नपा ८ बस्ने वर्ष ३२ का भास्कर मगर, जिल्ला रुकुम (पश्चिम) आठबिसकोट नपा ९ बस्ने बवर्ष २६ का दिपेन्द्र के।सी, जिल्ला गोरखा अजुरकोट गापा ४ बस्ने वर्ष २९ को रुपक कोईराला र जिल्ला पर्वत त्रिवेणी गापा २ बस्ने वर्ष ३५ का सुन्दर राणा रहेको डिएसपी डाँगीले बताउनुभयो । निजहरुको सम्बन्धमा आवश्यक अनुसन्धान तथा कानुनी कार्वाही पक्रिया भइरहेको पनि बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले जनाउनुभयो । बाँकेमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी तुल बहादुर कार्की आएलगत्तै प्रहरीले चेकजाच र गस्तीमा कडाई गर्दै विभिन्न अवैध गतिविधि तथा क्रियाक्लाप नियन्त्रण गर्न थालेको छ । गोरखापत्र

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...