नक्कली भूकम्प पीडितविरुद्ध उजुरी गर्न आग्रह

Published on

काठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले नक्कली रूपमा भूकम्पपीडित बनेर अस्थायी आवास अनुदान लिएको भए त्यस्ताका विरुद्ध उजुरी गर्न आग्रह गरेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित बनेकाहरुको लाभग्राही कायम गर्ने क्रममा नक्कली पीडित बनेर लाभग्राही कायम भएको भए स्थानीय सरकारलाई सूचना दिन तथा उजुरी गर्न नगरपालिकाले अनुरोध गरेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले नक्कली लाभग्राही कायम हुन नदिन नगरपालिकाले सचेततापूर्वक काम गरिरहेको र पीडितको स्वघोषणापछि नक्कली भूकम्पपीडित बनेर लाभग्राही कायम भएको भएमा उजुरी दिन आह्वान गर्नुभयो । उहाँका अनुसार नगर कार्यपालिकाको गत चैत २८ गते बसेको बैठकबाट पनि उजुरी दिन आग्रह गर्ने निर्णय भएको छ ।

बैठकले लाभग्राहीका सम्बन्धमा कुनै गुनासो भए लिखित उजुरी दिनुका साथै कार्यविधि बमोजिम वास्तविक लाभग्राही भए, नभएको जाँचबुझ गरेर मात्र दोस्रो किस्ताको अनुदानको लगि सिफारिस गर्ने निर्णय गरेको छ । अनुदान रकमको सही सदुपयोगका लागि नगर कार्यपालिका बैठकमा समेत निर्णय हुँदै आएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार कार्यविधि विपरीत अनुदान प्राप्त गरेका दुई जनाले अनुदान रकम नगरपालिकामा फिर्ता समेत गर्नुभएको छ । वडा नम्वर २ र ३ का एकएक जनाले नगरपालिकाको आग्रहलाई स्वीकार गरी अस्थायी आवास निर्माणका लागि लिएको रकम फिर्ता गर्नुभएको हो ।

कार्यविधि विपरीत हुनेगरी अनुदान रकम प्रदान हुनेतर्फ सचेत रहने गरी काम गर्न सरोकारवाला सबैलाई नगरपालिकाले अनुरोध समेत गरेको छ । चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले कतिपयले सडक मिचेर अस्थायी आवास निर्माण गर्ने, व्यापार व्यवसाय सञ्चालनको लागि अस्थायी आवास प्रयोग हुन सक्नेतर्फ नगरपालिका सजग रहेको बताउनुभयो । उहाँले त्यसो भएको पाइएमा दोस्रो किस्ताको अनुदान रकम निकासा नहुने बताउनुभयो । नक्कली लाभग्राहीका कारण वास्तविक भूकम्पपीडित झन् पीडित हुने अवस्था हुने भएकोले कार्यविधि विपरीत भएको पाइएमा असुल उपर गरी कानुनी दायरामा ल्याइने नगरप्रमुख बादीले जनाउनुभयो । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमका अनुसार हालसम्म जिल्लाभर ३२ हजार ९९६ जना लाभग्राही कायम भएका छन् । यीमध्ये चौरजहारी नगरपालिकामा मात्र सात हजार ५०२ जना लाभग्राही कायम भएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, १० बुँदे दृष्टिपत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं - भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच...

प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।...

गल्कोट घुम्टे सहकारीको नयाँ सञ्चालक समिति निर्विरोध चयन, वित्तीय अवस्था सार्वजनिक

काठमाडौं – काठमाडौंको शंखमूल, नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको...