अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

Published on

काठमाडौं । अमेरिकी सहर मेम्फिसमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ ।

घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक जनाको अवस्था क्षेत्रीय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ । यसअघि विभागले एक्समा दक्षिणी राज्य टेनेसीमा अरेन्ट माउन्ड पार्क नजिक करिब दुई सयदेखि तीन सय मानिस भएको अनधिकृत ब्लक पार्टीमा गोली चलेको बताएको थियो । अमेरिकामा बन्दुक हिंसा सामान्य छ । यहाँ मान्छेभन्दा धेरै बन्दुक छ । बन्दुकको अधिकारमाथि रोक लगाउने प्रयासहरूले सधैँ कडा राजनीतिक प्रतिरोधको सामना गर्नुपरेको छ ।

सामूहिक गोलीबारीलाई चार वा त्योभन्दा धेरै मानिस घाइते भएको वा मारिएको भनी परिभाषित गर्ने गैरसरकारी सङ्गठन गन भायलेन्स आर्काइभका अनुसार यस वर्ष अमेरिकामा एक सय २० वटा सामूहिक गोलीबारी रेकर्ड गरिएका छन् । गत वर्ष कुल छ सय ५६ यस्ता गोलीबारी भएका थिए । रासस/एएफपी

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...