सिङ्गापुर शिखर सम्मेलनमा शिक्षण सुधारका लागि छलफल

Published on

काठमाडौं । वरिष्ठ शिक्षा अधिकारीहरू र शिक्षक प्रतिनिधिहरूले सोमबारदेखि बुधबारसम्म सिङ्गापुरमा हुने विश्वव्यापी शिखर सम्मेलनमा शिक्षण पेशालाई सुदृढ पार्ने र विद्यार्थीहरूको उपलब्धि बढाउने उपायबारे व्याख्या गर्नेछन् ।

सिङ्गापुरका शिक्षामन्त्री चान चुन सिङले शिक्षण पेशासम्बन्धी १४औँ अन्तर्राष्ट्रिय शिखर सम्मेलनको उद्घाटन समारोहमा भन्नुभयो, “प्राविधिक आविष्कार र जीवनभर सिकाइको आवश्यकता लगायतका आधारभूत परिवर्तनले आगामी वर्षहरूमा शिक्षालाई आकार दिनेछ । उहाँले शिक्षा क्षेत्रलाई सिकाइको विज्ञानलाई अँगाल्न, सिकाइका लागि बलियो सामाजिक र पारिवारिक वातावरण निर्माण गर्न मागसँग मेल खाने भविष्यका सीपहरू पहिचान गर्न आह्वान गर्नुभयो । ‘पुनः परिकल्पना गर्ने शिक्षा, सम्भाव्यताको अनुभूति’ भन्ने विषयवस्तुमा रहेको कार्यक्रममा सिकाइको भविष्य, शिक्षा र व्यावसायिक तालिमलाई रूपान्तरण गर्न प्रविधिको भूमिका र जीवनका लागि सिकाइलाई सहयोग गर्न साझेदारीको महत्त्वलगायतका विषयमा छलफल भएका छन् । शिखर सम्मेलनमा एसिया, युरोप, उत्तर अमेरिका र ओसिनियाका १८ वटा प्रतिनिधिमण्डलका शिक्षा अधिकारी, शिक्षक सङ्घका प्रमुख र शिक्षक नेताहरू सहभागी छन् । कार्यक्रममा प्रतिनिधिहरूले सिङ्गापुरका प्राथमिक र माध्यमिक विद्यालयहरू, उच्च शिक्षा संस्थानहरू र अन्य प्रशिक्षण संस्थाहरूको भ्रमण गर्नेछन् । रासस/सिन्ह्वा

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...