सिङ्गापुर शिखर सम्मेलनमा शिक्षण सुधारका लागि छलफल

Published on

काठमाडौं । वरिष्ठ शिक्षा अधिकारीहरू र शिक्षक प्रतिनिधिहरूले सोमबारदेखि बुधबारसम्म सिङ्गापुरमा हुने विश्वव्यापी शिखर सम्मेलनमा शिक्षण पेशालाई सुदृढ पार्ने र विद्यार्थीहरूको उपलब्धि बढाउने उपायबारे व्याख्या गर्नेछन् ।

सिङ्गापुरका शिक्षामन्त्री चान चुन सिङले शिक्षण पेशासम्बन्धी १४औँ अन्तर्राष्ट्रिय शिखर सम्मेलनको उद्घाटन समारोहमा भन्नुभयो, “प्राविधिक आविष्कार र जीवनभर सिकाइको आवश्यकता लगायतका आधारभूत परिवर्तनले आगामी वर्षहरूमा शिक्षालाई आकार दिनेछ । उहाँले शिक्षा क्षेत्रलाई सिकाइको विज्ञानलाई अँगाल्न, सिकाइका लागि बलियो सामाजिक र पारिवारिक वातावरण निर्माण गर्न मागसँग मेल खाने भविष्यका सीपहरू पहिचान गर्न आह्वान गर्नुभयो । ‘पुनः परिकल्पना गर्ने शिक्षा, सम्भाव्यताको अनुभूति’ भन्ने विषयवस्तुमा रहेको कार्यक्रममा सिकाइको भविष्य, शिक्षा र व्यावसायिक तालिमलाई रूपान्तरण गर्न प्रविधिको भूमिका र जीवनका लागि सिकाइलाई सहयोग गर्न साझेदारीको महत्त्वलगायतका विषयमा छलफल भएका छन् । शिखर सम्मेलनमा एसिया, युरोप, उत्तर अमेरिका र ओसिनियाका १८ वटा प्रतिनिधिमण्डलका शिक्षा अधिकारी, शिक्षक सङ्घका प्रमुख र शिक्षक नेताहरू सहभागी छन् । कार्यक्रममा प्रतिनिधिहरूले सिङ्गापुरका प्राथमिक र माध्यमिक विद्यालयहरू, उच्च शिक्षा संस्थानहरू र अन्य प्रशिक्षण संस्थाहरूको भ्रमण गर्नेछन् । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...