‘नेपाल डे’ मा नाचगान

Published on

काठमाडौं । नर्थ क्यारोलिनाको मोरिसभिलमा आठौँ नेपाल डे भव्य रूपमा सम्पन्न भएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसिएनसी) ले नेपाल डे औपचारिक रूपमा प्रत्येक वर्ष अप्रिल महिनाको तेस्रो शनिबार मनाउँदै आएको छ । नेपालीको घना बसोबास रहेको मोरिसभिलमा सो कार्यक्रम मनाइएको हो । कार्यक्रममा करिब एक हजार मानिसको उपस्थिति रहेको थियो ।कार्यक्रममा नर्थ क्यारोलिना सरकारका उच्च पदस्थ कर्मचारी, मोरिसभिल, केरी, एपेक्स र राले क्षेत्र वरपरका टाउन पदाधिकारी मार्च पासमा सहभागी भएका थिए । नेपाल डे का अवसरमा झाँकीसहितको नेपाली रीतिरिवाज र विभिन्न जातजातिको परम्परा झल्किने पोसाक र पहिरनका अतिरिक्त नेपाली खानाको परिकार, सांस्कृतिक र पुरातात्त्विक महत्वका स्थान र महत्व आदि झल्काउने स्टल राखिएको थियो । कार्यक्रममा स्थानीय कलाकार, गायक हेमन्त शर्माले गायन प्रस्तुत गर्नुभएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...