‘नेपाल डे’ मा नाचगान

Published on

काठमाडौं । नर्थ क्यारोलिनाको मोरिसभिलमा आठौँ नेपाल डे भव्य रूपमा सम्पन्न भएको छ । नेपाल सेन्टर अफ नर्थ क्यारोलिना (एनसिएनसी) ले नेपाल डे औपचारिक रूपमा प्रत्येक वर्ष अप्रिल महिनाको तेस्रो शनिबार मनाउँदै आएको छ । नेपालीको घना बसोबास रहेको मोरिसभिलमा सो कार्यक्रम मनाइएको हो । कार्यक्रममा करिब एक हजार मानिसको उपस्थिति रहेको थियो ।कार्यक्रममा नर्थ क्यारोलिना सरकारका उच्च पदस्थ कर्मचारी, मोरिसभिल, केरी, एपेक्स र राले क्षेत्र वरपरका टाउन पदाधिकारी मार्च पासमा सहभागी भएका थिए । नेपाल डे का अवसरमा झाँकीसहितको नेपाली रीतिरिवाज र विभिन्न जातजातिको परम्परा झल्किने पोसाक र पहिरनका अतिरिक्त नेपाली खानाको परिकार, सांस्कृतिक र पुरातात्त्विक महत्वका स्थान र महत्व आदि झल्काउने स्टल राखिएको थियो । कार्यक्रममा स्थानीय कलाकार, गायक हेमन्त शर्माले गायन प्रस्तुत गर्नुभएको थियो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...