चितुवा र बाँदर आतङ्कले बढायो वनमा डढेलो

Published on

काठमाडौं । तनहुँमा नरभक्षी चितुवा र बाँदर आतङ्कले वन डढेलो बढेको छ । चितुवाले मान्छेलाई आक्रमण गर्ने र बाँदरले अन्न, फलफूल तथा तरकारी खाने र नष्ट गर्ने गरेकोले वनमा डँढेलो लागेको पाइएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार डँढेलोले वन्यजन्तु लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको हो । सुख्खा मौसममा भएकोबेला बस्ती वरपरको क्षेत्रमा डढेलो लगाउँदा फैलिएर जङ्गलसम्म पुगेको छ । चितुवा बस्तीमा आएर मानिसलाई आक्रमण गर्न थालेकाले बाँदर समेत दुःख दिने गरेकोले झाडी सफा गर्ने क्रममा बस्तीबाट जङ्गलमा डढेलो फैलिँदै गएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी राजकुमार श्रेष्ठले बताउनुभयो । डढेलोले गर्दा लोपोन्मुख बोटबिरुवा, पशुपन्छीको अस्तित्व सङ्कटमा पर्दै गएको छ। यस्तै‚ डढेलोले चरन क्षेत्र र वासस्थान नासिएपछि जङ्गली जनावरहरू बस्ती क्षेत्रमा पुग्दा मानव(जनावर द्वन्द्व बढेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चितुवाबाट बढी प्रभावित भएको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिका क्षेत्रका सार्वजनिक वनमा आगलागी धेरै हुनेगरेको पाइएको छ । छ वर्षको अवधिमा तनहुँका १४ जना बालबालिका ज्यान गुमाएको र १८ जना घाइते भएकाले चितुवा लुक्ने डरले झाडीमा आगो लगाउने गरेकाले वनमा क्षति धेरै भएको पाइएको छ । वनमा डढेलो लाग्दा चितुवाका आहारा बँदेल, मृग, चराचुरुङ्गी मासिने, बिरुवा नास हुने, पानीको मुहान सुक्ने हुँदा चितुवा आहारा र पानी खोज्दै मानव बस्तीमा आउने श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका दश वटा पालिकामा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियत वन, ६ धार्मिक वन रहेका छ । सूचना अधिकारी श्रेष्ठका अनुसार तनहुँमा चालु आर्थिक वर्षमा वैशाख ९ गते सम्ममा २२ वटा विभिन्न वन समुहमा डँढेलो लागेर ११५ हेक्टर वनमा क्षेत्रमा डँढेलो लागेको छ । डँढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रमका साथै प्रचार–प्रसार गरिए बस्ती वरपरको झाडीबाट सल्किएर फैलने गरेको पाइएकोले नियन्त्रण गर्न कठिन भएको छ । कतिपय व्यक्तिले घरनजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किएको छ । मानिसले घरनजिकैको स्थानमा गाईबाख्राका लागि घाँस राम्रोसँग पलाउँछ भन्दै आगो लगाइदिने गरेकाले पनि समस्या निम्तिएको छ । डढेलोले गर्दा तापक्रम बढाउनुका साथै वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्नुका साथै माटो नाङ्गो र कमजोर बनाइ भलको बहाव र गति बढाएर भूक्षय, बाढिपहिरो, डुबानजस्ता प्रकोप भएर धनजन र सम्पदामा पनि क्षति गर्ने गरेको वन अधिकृत सागर खनालले बताउनुभयो । वनले वातावरण सन्तुलन कायम राख्न मद्धत गर्ने, स्वच्छहावा रुखवाट सृजना हुने भएकोले डँढेलोबाट बचाउनु पर्ने खनाल बताउनुहुन्छ । वनजङ्गलले सम्भावित पहिरो रोकथाम गर्न, भुक्षयवाट जोगाउन, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिबाट बचाउन पनि वनले मदत गर्दछ। नियमीत वर्षा कायम राख्न पनि मद्धत गर्ने हुँदा डँढेलो लगाउन नहुने बताउनुभयो ।

विभिन्न भोतिक संरचनाहरुको निमार्ण गर्न आवश्यकपर्ने काठ, वनजगंलबाटै आपुर्ती गर्न सकिन्छ । वनमा हुने काठ दाउरा विक्री वितरणबाट राजश्व सङ्कलन गर्न तथा आर्थिक क्रियाकलाप वृद्धि गरी रोजगारी सृजना गर्न सकिने हुँदा जङ्गलको संरक्षण गरिनु पर्ने खनालले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...