उपनिर्वाचनका लागि सीमा नाका बन्द

Published on

काठमाडौं । इलाममा हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय इलामले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ । निर्वाचनलाई प्रभावकारी ढङ्गले सम्पन्न गराउने उद्देश्यले भरे राती १२ बजेदेखि निर्वाचनको दिन वैशाख १५ गतेराति १२ बजेसम्म सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । नाका बन्द भएपछि नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल–भारत आवतजावत गर्न बन्द भएको छ ।

निर्वाचनका दिन सवारी साधन सञ्चालनका विषयमा भने निर्णय भइ नसकेको प्रजिअ यादवले बताउनुभयो । ‘‘भोलि ९बिहीबार० सर्वदलीय बैठक राखेका छौं । सर्वदलीय बैठकले निर्वाचनका दिन सवारी चलाउने अथवा बन्द गर्ने जे निर्णय गर्छ त्यही अनुसार हामी अघि बढ्ने छौं । यादवले भन्नुभयो । यसैबिच, भारतमा वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय पक्षबाट हिजो (मङ्गलबार) बेलुका देखिनै नाका बन्द भएको जनाइएको छ । गोरखापत्र

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...