बाँकेका किसान चैते धानखेतीमा

Published on

काठमाडौं । बाँकेमा नयाँ(नयाँ किसानले चैते धानखेती गर्न थालेका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन् ।

पहिलो पटक चैते धानखेती गर्नुभएकी वैजनाथ(६ का किसान गीता खत्रीले चैते धानखेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताउनुभयो । उहाँले वर्षे धानखेतीभन्दा चैते धानखेतीमा बढी मेहनत गर्नुपर्ने र उक्त धानखेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गर्नुभयो । करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानखेती गर्नुभएकी खत्रीले ब्याड राख्न नजानेरसमेत समस्या झेल्नु परेको बताउनुभयो ।

कृषि ज्ञानकेन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षबाट चैते धानखेती सुरु गरेको जानकारी दिनुभयो । उहाँले चैते धानखेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते पाँच जातको धानखेती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चैते धानखेतीमा किसानले झन्झट मानेका कारण कतिपय सिंचाइको सुविधा भएको ठाउँमा मकैखेती पनि गरेका छन् ।” अधिकृत यादवले अहिले चेते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै वर्षे धानलाई जस्तै प्रशस्त पानी नचाहिने बताउनुभयो ।

कृषि ज्ञानकेन्द्र ३१ हेक्टर, केही किसानले आफ्नै लगानीमा र केही बीउ कृषि अनुसन्धान केन्द्र नार्क खजुराले दिएको बीउबाट गरी कूल ४० हेक्टर क्षेत्रफल जमिनमा चैते धानखेती गरिएको छ । यस वर्ष जिल्लाको वैजनाथ–८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा(३ को सूर्य, लालपुर्जा र बनकट्टि, राप्तिसोनारीको फत्तेपुर तथा खजुरा(२ को के गाउँमा चैते धानखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गाउँपालिकामा निर्माण भएका विभिन्न कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरेको बताइएको छ । रासस

ताजा समाचार

राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा

काठमाडौँ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई...

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...

‘याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक’

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र...

पाँच सय कृषकको भागमा सात बोरा मल

काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न...