बाँकेका किसान चैते धानखेतीमा

Published on

काठमाडौं । बाँकेमा नयाँ(नयाँ किसानले चैते धानखेती गर्न थालेका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन् ।

पहिलो पटक चैते धानखेती गर्नुभएकी वैजनाथ(६ का किसान गीता खत्रीले चैते धानखेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताउनुभयो । उहाँले वर्षे धानखेतीभन्दा चैते धानखेतीमा बढी मेहनत गर्नुपर्ने र उक्त धानखेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गर्नुभयो । करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानखेती गर्नुभएकी खत्रीले ब्याड राख्न नजानेरसमेत समस्या झेल्नु परेको बताउनुभयो ।

कृषि ज्ञानकेन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षबाट चैते धानखेती सुरु गरेको जानकारी दिनुभयो । उहाँले चैते धानखेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते पाँच जातको धानखेती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चैते धानखेतीमा किसानले झन्झट मानेका कारण कतिपय सिंचाइको सुविधा भएको ठाउँमा मकैखेती पनि गरेका छन् ।” अधिकृत यादवले अहिले चेते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै वर्षे धानलाई जस्तै प्रशस्त पानी नचाहिने बताउनुभयो ।

कृषि ज्ञानकेन्द्र ३१ हेक्टर, केही किसानले आफ्नै लगानीमा र केही बीउ कृषि अनुसन्धान केन्द्र नार्क खजुराले दिएको बीउबाट गरी कूल ४० हेक्टर क्षेत्रफल जमिनमा चैते धानखेती गरिएको छ । यस वर्ष जिल्लाको वैजनाथ–८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा(३ को सूर्य, लालपुर्जा र बनकट्टि, राप्तिसोनारीको फत्तेपुर तथा खजुरा(२ को के गाउँमा चैते धानखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गाउँपालिकामा निर्माण भएका विभिन्न कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरेको बताइएको छ । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...