जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन

Published on

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन् ।

रुकुम–पश्चिम र रुकुम–पूर्वका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीयस्तरका नेता, सांसदसहित जिल्ला नेतृत्वले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित भएकाका लागि सरकारले तय गरेको पहिलो र दोस्रो किस्ताको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने विषयमा ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्रमा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्न माग गरिएको छ । यसगैरी तत्कालीन सशस्त्र द्वन्द्वका समयका विभिन्न घटनामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० इतर पक्षलाई राजनीतिक पहुँच र कानुनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिइएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष गरिएको छ ।

ज्ञापनपत्र बुझाउन एमालेका पोलिटब्युरो सदस्य खेममान खड्का, कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, एमालेका प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, कांग्रेसका पूर्वराज्यमन्त्री गोपालजीजङ्ग शाह, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, रुकुमपूर्वका एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतम, सोही कांग्रेसका प्रदेश सदस्य सरिता बिसी, रुकुम–पश्चिमका कांग्रेस जिल्ला अध्यक्ष प्रेमप्रकाश ओली, सोही जिल्लाका एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटालगायत सहभागी हुनुहुन्थ्यो । रासस

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...