‘कुपोषण घटाउन बजेट बढाउनु पर्छ’

Published on

काठमाडौं । प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा। आरजु राणा देउवाले सरकारले कुपोषण घटाउन आगामी बजेटमा पोषणको बजेट बढाउनुपर्ने बताउनुभएको छ । ग्रामीण विकास तथा सशक्तीकरण केन्द्र (रुडुक) र वर्ल्ड भिजनले शुक्रबार आयोजना गरेको ‘पोषणसम्बन्धी राष्ट्रिय कार्यशाला’ लाई सम्बोधन गर्दै उहाँले कुपोषण अन्त्यका लागि राज्यले बजेटमा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कुपोषण अन्त्यका लागि रणनीतिभन्दा पनि बजेट बढाउनुपर्ने भन्दै उहाँले बालबालिकाको विकास पनि पोषणमा निर्भर हुने भएकाले राज्यको ध्यान पोषणमा जानुपर्ने बताउनुभयो । विद्यालयमा पोषणको पैसा घटाउने सरकारी नीतिका कारण भविष्यमा गम्भीर असर पुग्ने भन्दै उहाँले पोषणका लागि विद्यार्थीले पाउने दैनिक १५ रुपियाँ अत्यन्त कम भएको उल्लेख गर्नुभयो । उहाँले आफूले संसदीय समितिबाट कृषि क्षेत्रमा बजेट बढाउन प्रयत्न गरिरहेको बताउनुभयो । कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रेशमराज कँडेलले पोषणका विषयमा सरकारले कार्यविधि बनाएर लागु गर्न चाहेको जानकारी दिनुभयो । वर्ल्ड भिजनका नेपाल निर्देशक रोजलिङ गेब्रियलले नेपालमा स्तनपात गराउनेको सङ्ख्या घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषय चिन्ताको विषय हो । कुपोषण अन्त्यका लागि सबैको सहकार्य हुनु जरुरी छ । ग्रामीण विकास तथा सशक्तीकरण केन्द्र (रुडुक) का निर्देशक डा। कृष्ण श्रेष्ठले कुपोषण अन्त्यका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । वर्ल्ड भिजनका कार्यक्रम निर्देशक श्याम अधिकारीले कुपोषण हटाउन आफूहरूले विभिन्न अभियान सञ्चालन गरेको बताउनुभयो ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...