डढेलोले सामुदायिक वनमा क्षति, एकको जलेर मृत्यु

Published on

काठमाडौं । डढेलोले यहाँ सामुदायिक र सरकारी वनजङ्गल सखाप पार्दै आएको छ । सुख्खायाम र आगलागी हुँदा समुदायले वर्षौदेखि जोगाएका वनजङ्गल नासिँदै गएका छन् । आगलागी हुँदा एक जनाको मृत्यु समेत भएको छ । आगलागीमा परी नवदुर्गा गाउँपालिका–३ का ६४ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार कार्कीका अनुसार चुनारा आफ्नै खेतबारीको घेरबार हाल्न काँडा काट्दै थिए । काडा र झाडी काट्ने क्रममा शुक्रबार दिउँसो लडेर उहाँ आगेमा पर्नुभएको थियो । सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगेको आगोमा खस्दा चुनाराको मृत्यु भएको उहाँले बताउनुभयो । चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो । चुनाराको आगलागीमा परी मृत्यु भएको जाहेरी उहाँका छोरा मानबहादुर चुनाराले एकाले प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । अहिले जिल्लाका प्रायः सबै ठाउँहरुमा आगालागी भइरहेको छ । लामो खडेरीका कारण आगलागीका घटना बढिरहेका छन् ।

यसैगरी, अजयमेरु गाउँपालिका १ शिखर सुईडोव सामुदायिक वनमा २० वर्षपछि आगो लाग्दा जङ्गल सखाप भएको छ । जङ्गली वन्यजन्तु प्रभावित भएको स्थानियको भनाइ छ । अजयमैरु १ कै बालकल्याण मावि विद्यालय परिसरको सामुदायिक वनमा लागेको डढेलोले विद्यालयको बगैँचामा क्षती पुगेको वडा अध्यक्ष दत्ति सिंह भण्डारीले जानकारी दिनुभयो । विद्यालय परिसरमा पसेको आगो स्थानिय, शिक्षक, विद्यार्थी, अभिभावक, प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा नियन्त्रण हुँदा विद्यालयमा थप क्षती हुनबाट जोगिएको शिक्षक पदमराज पन्तले बताउनुभयो । भित्रि मधेश जोगबुडा क्षेत्रको परशुराम नगरपालिका–३ मार्कु बस्ती रहेको जङ्गलमा मङ्गलबार दिउँसोदेखि भीषण आगलागी भएको छ । वन क्षेत्रमा लागेको डढेलोबाट आगोका झिल्डा हावाले उडाई वस्तिमा पुर्‍याउदा स्थानीयका घरहरुमसमेत समेत क्षती पुगेको वडा अध्यक्ष नरेशबहादुर खवासले बताउनुभयो ।

२७ परिवारको बसोबास रहेको मार्कु वस्तीमा आगोले अधिकाशं घर गोठमा क्षति पुगेको स्थानीय अगुवा रामसिंह थलालले जानकारी दिनुभयो । आगलागीबाट स्थानीयका पाँच घर र गोठमा क्षति पुगेको छ । खर, पराल, गाज्यौ र गोठेमलको थुप्रोमा आगलागी भएपछि घर र गोठ पनि नष्ट भएको हो । वन जङ्गलमा भईरहेको आगलागीका विषयलाई गम्भीर रुपमा लिइ तयारी अवस्थामा रहेको प्रहरीको भनाइ छ । खासगरी वस्तीतिर आउने आगो नियन्त्रमा प्रहरी बढी सक्रिय हुने र जोखिमत न्यूनीकरण गर्न लागिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । भित्रिमधेशमा भइरहेको ढडेलोको क्षती कम गर्न इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी प्रमुख इन्सपेक्टर गगनसिंह भाटले स्थानीयलाई सचेत गराइरहेको पनि उहाँको भनाइ छ । भित्रि मधेशका परशुराम क्षेत्रमा आगलागी भएपछि तोडिन्ना, लोपा, शिर्ष, बुङा, गगरखेतलगायतका क्षेत्र प्रभावित भएका छन् ।जिल्लाको चुरेक्षेत्र, माहाभारत र लेकालीवस्तीमा आगालगाीका कारण जङ्गल डढेलोका कारण विनास भइरहेको छ । गाउँमा खानेपानीको समस्या र जनशक्ति अभावका कारण आगो नियन्त्रण गर्न कठिनाई भइरहेको गुनासो स्थानीयको छ ।

समयमा सावधानी नअपनाउदा लाखौंको क्षति व्यहोर्नु परेको छ भने वन्यजन्तुसमेत प्रभावित भइरहेका छन् । पछिल्लो समय मानवीय असावधानीका कारण जिल्लाका अधिकाशं वन क्षेत्रमा भीषण आगलागी भइरहेको छ । वर्षैदेखि जोगाएका वन तथा खेतवारी नष्ट हुँदै गइरहेका छन् । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...