भारतमा दोस्रो चरणको आम निर्वाचनका लागि मतदान सुरु

Published on

काठमाडौं । भारतको १८ औँ आम निर्वाचनको दोस्रो चरणमा १३ राज्य र केन्द्र शासित प्रदेशका ८८ निर्वाचन क्षेत्रका लागि शुक्रबारदेखि मतदान सुरु भएको छ ।

चर्को तापक्रमका बाबजुद पनि जनता चुनावी परिचयपत्र लिएर लाइनमा उभिएर भोट हाल्ने पालो पर्खिरहेका देखिएका छन् । सात चरणमध्ये पहिलो चरणको निर्वाचन गत शुक्रबार भएको थियो । मतदानमा लगभग ६५।५ मतदाताले मतदान गरेका थिए । भारतको निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिका अनुसार सात चरणमा निर्वाचन हुनेछ । तेस्रो चरणको निर्वाचन मे ७, चौथो चरण १३ मे, पाँचौँ चरण २० मे, छैटौँ चरण २५ मे र अन्तिम चरणको मतगणना जुन १ मा हुनेछ । सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...