थप १७ जनामा डेंगु सङ्क्रमण

Published on

काठमाडौं । बागमती प्रदेशमा थप १७ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको १३ गते बिहीबारसम्म चितवनमा ११ र मकवानपुरमा ६ जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरुमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाख १३ गते बिहीबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ४०६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा दुई जना डेंगु सङ्क्रमित थपिएका छन । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५०१ र सबैभन्दा कम रसुवामा दुई जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्क अनुसार चालुआवको हालसम्म काठमाडौंमा तीन हजार‚ चितवनमा एकहजार ७०५‚ ललितपुरमा एकहजार ४३८‚ मकवानपुरमा ८५७‚ भक्तपुरमा ४९४‚ काभ्रेपलाञ्चोकमा १६७ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै, नुवाकोटमा ८१‚ दोलखामा ७९‚ रामेछापमा २७‚ सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा २३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा।रविन भुसालले जानकारी दिनुभयो । डेंगु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुईरदुई जना‚ काभ्रेपलाञ्चोक र मकवानपुरका एकरएक जनासहित ६ जना सङ्क्रमितको मृत्यु थियो । मन्त्रालयका अनुसार चालु आवको साउनमा दुई हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कात्तिकमा दुईहजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा १९६‚ माघमा ५७‚ फागुनमा ४४ र चैतमा ११० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...