टी–२० विश्वकपका लागि वेस्ट इन्डिज टोलीको घोषणा

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकपका लागि वेस्ट इन्डिज टोलीको घोषण भएको छ ।

वेस्ट इन्डिजले नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ का तीन खेलाडीलाई समेट्दै शुक्रबार राति १५ सदस्यीय टोलीको घोषण गरेको हो । टोलीमा नेपाल भ्रमणमा रहेका कप्तान रोस्टन चेज, जोन्सन चार्ल्स र गुडकेश मोती रहनुभएको छ । विश्वकपमा वेस्ट इन्डिज समूह ‘सी’ मा रहेको छ । समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेको छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज विश्वकप सहआयोजक देश हो ।

वेस्ट इन्डिज विश्वकप टोली

रोभमन पावेल (कप्तान), अल्जारी जोसेफ (उपकप्तान), जोन्सन चार्ल्स, सिमरन हेटमायर, जेसन होल्डर, साई होप, अकिल होसेन, शमार जोसेफ, ब्रान्डन किंग, गुडकेश मोति, निकोलास पुरन, आन्द्रे रसेल, रोमारियो शेफर्ड र शरफेन रदरफोर्ड ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...